Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

मझधारमा रहेका योगेश यसरी खनिए ओलीविरुद्द

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन नचाहेका टिप्पणी गरेका छन् ।

एकताका लागि प्रयासरत भट्टराईले शनिवार एमालेले गरेको निर्णयले पार्टी एकतामा थप समस्या निम्त्याउने आशय व्यक्त गरेका हुन ।

उनले एउटै कर्यकालमा दुईदुई पटक संसद विघटन गरेर ओलीले विश्व रेकर्ड राखेको दाबी गरेका छन् ।

ओलीले एउटै देशमा एउटै कार्यकालमा दुईरदुई पटक संसद विघटन गरेको र अदालतबाट पनि दुईरदुई पटक संसद पाँच वर्षको एउटा कार्यकालमा पुनःस्थापना भएर अर्कोपनि वर्ल्ड रेकर्ड हुने सम्भावना रहेको बताए ।

अहिले नभएको भए १०र१५ वर्षपछि भएपनि कुनै न कुनै शासकले गर्थे,’ भट्टराईले थपे, ‘अहिले नै भयो अब अदालतले यसको व्याख्या गरिदिन्छ र संविधान र मुलुक आफ्नो ट्रयाकमा चल्छझ, भट्टराईले भने ।

ओलीले दुर्भाग्यपूर्ण निर्णय गरेकाले देशभरका एमाले नेता कार्यकर्ता निराश बनेको समेत जनाए ।

यस्तै, एमाले सचिव भट्टराईले ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे ।

पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ । त्यो कार्यदलले २०७५ जेठ ३ अघिका कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडी बढाउने सुनिश्चित गर्नुपर्ने उनको तर्क छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies