Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

भोलिदेखि काठमाडौँमा के-के खुल्‍छ, के-के खुल्दैन ? (आदेशसहित)

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्‍लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक सकिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार विभिन्‍न व्यवसायमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

खुले यीक्षेत्र
अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्‍चालन गर्न पाउने भएका छन् । त्यस्तै खाद्यान्‍न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाउने भएका छन् ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ)लगायत अन्य पसल/व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

त्यस्तै अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एंव फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरू साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइने नयाँ आदेशमा उल्लेख छ ।

त्यसैगरी पसल तथा व्यवसाय सञ्‍चालन सञ्‍चालन गर्न कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनपवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने सकिने बताइएको छ ।

खुलेनन् यी क्षेत्र
सबै प्रकारका सभा सम्मेलन गोष्‍ठी , सिनेमा हल, पार्टी प्यालेस, डान्सबार दोहोरी क्लब, स्विमीङ पुल, मनोरन्जन स्थल सैलुन, ब्यूटि पार्लर हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चीडियाखाना, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भिडभाडमा हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाउने उल्लेख छ ।

खुलास्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोजभतेर आदी गर्न गराउन नपाउने भएका  छन् । विवाह व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।  पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधीहरु संचालन गर्न नपाउने भएका छन् ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्रले भौतिक उपस्थितिमा पठनपाठन तथा संचालन गर्न गराउन नपाउने भनिएको छ ।

अत्यावश्यक सामाग्री बोकेका डुवानीका सवारी साधन बिरामी तथा कुरुवा ९२ जना बोकेका एम्बुलेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारि पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्लाभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

अत्यावश्यक कार्यह्ररु जस्तै मृत्यु सँस्कार बिरामी तथा कुरुवा लगायतका कार्यका लागी उपत्यका बाहिर जान सम्बन्धित स्थानिय तहको सिफारिस सहित  जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गरेमा अन्तर जिल्ला आवतजावत गर्न सहजिकरण गरिने भएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending