Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

भोलिदेखि काठमाडौँमा के-के खुल्‍छ, के-के खुल्दैन ? (आदेशसहित)

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्‍लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक सकिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार विभिन्‍न व्यवसायमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

खुले यीक्षेत्र
अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्‍चालन गर्न पाउने भएका छन् । त्यस्तै खाद्यान्‍न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाउने भएका छन् ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ)लगायत अन्य पसल/व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

त्यस्तै अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एंव फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरू साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइने नयाँ आदेशमा उल्लेख छ ।

त्यसैगरी पसल तथा व्यवसाय सञ्‍चालन सञ्‍चालन गर्न कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनपवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने सकिने बताइएको छ ।

खुलेनन् यी क्षेत्र
सबै प्रकारका सभा सम्मेलन गोष्‍ठी , सिनेमा हल, पार्टी प्यालेस, डान्सबार दोहोरी क्लब, स्विमीङ पुल, मनोरन्जन स्थल सैलुन, ब्यूटि पार्लर हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चीडियाखाना, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भिडभाडमा हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाउने उल्लेख छ ।

खुलास्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोजभतेर आदी गर्न गराउन नपाउने भएका  छन् । विवाह व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।  पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधीहरु संचालन गर्न नपाउने भएका छन् ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्रले भौतिक उपस्थितिमा पठनपाठन तथा संचालन गर्न गराउन नपाउने भनिएको छ ।

अत्यावश्यक सामाग्री बोकेका डुवानीका सवारी साधन बिरामी तथा कुरुवा ९२ जना बोकेका एम्बुलेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारि पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्लाभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

अत्यावश्यक कार्यह्ररु जस्तै मृत्यु सँस्कार बिरामी तथा कुरुवा लगायतका कार्यका लागी उपत्यका बाहिर जान सम्बन्धित स्थानिय तहको सिफारिस सहित  जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गरेमा अन्तर जिल्ला आवतजावत गर्न सहजिकरण गरिने भएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending