इस्लामाबाद । पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ ।
राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।
पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत संक्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो । तर सरकारले व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै नियन्त्रणका उपाय अबलम्बन गरेपछि संक्रमण हुने दरमा कमी आएको हो ।
पाकिस्तान सरकारले कोभिड–१९ फैलिन नदिन व्यवसाय, शिक्षाका साथै सामाजिक कृयाकलापमा कडाई गरेको थियो । एनकोकका अनुसार पाकिस्तानमा हालसम्म नौ लाख ५० हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र २२ हजारको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा पनि २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् ।
पाकिस्तानमा हाल ३३ हजार ४५२ जना सक्रिय संक्रमित छन् भने आठ लाख ९५ हजार संक्रमणमुक्त भएका छन् । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त कोभिड–१९ बाट सर्वाधिक प्रभावित रहेको छ । यहाँ तीन लाख ४५ हजार व्यक्ति संक्रमित भएका थिए । त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा पनि तीन लाख ३३ हजार व्यक्ति संक्रमित भएका थिए । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८० - ११:३८
काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका अनुसार...
चैत्र १६ गते, २०८० - ११:३६
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले...
चैत्र १६ गते, २०८० - ११:३२
काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकस...
चैत्र १६ गते, २०८० - ११:२३
काठमाडौं । प्रश्नपत्र आउट भएका दुई ठाउँमा परीक्षा रद्दको निर्णय हुने भएको छ । बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहीरीएका दुई ठाउँको परीक्ष रद्...
चैत्र १६ गते, २०८० - ११:१२
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम गरेको थियो । बिहीबकार १...
चैत्र १६ गते, २०८० - ११:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई गाउँमा केन्द्रित हुन निर्देशन दिएका छन् । कांग्रेस नेता स्वर्गीय खुमबहाद...
चैत्र १६ गते, २०८० - ११:०१
काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौले काठमाडौको कपनबाट पेस्तोलसहित एकजना पक्राउ गरेको छ । गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतिया...
चैत्र १६ गते, २०८० - १०:४६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा...
चैत्र १६ गते, २०८० - १०:३९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको उद्घाटन गर्न प्रधा...
चैत्र १६ गते, २०८० - १०:३७
काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्र...
प्रतिकृया लेख्नुहोस्: