झापा । झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको बस्तीमा खाद्य सङ्कट भएको समाचार राससमा प्रकाशित भएपछि पर्याप्त राहत सहयोग जुटेको छ । राहत आएपछि बस्तीमा खुशीयाली छाएको छ । कचनकवल–२ को सो विपन्न बस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो बस्तीका बासिन्दा भोकभोकै परेका थिए ।
काठमाडौँका केदार गान्धारीले रु ९० हजार पठाएर रासस झापा कार्यालयमार्फत बस्तीका ४६ परिवारमा प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, मुसुरो दाल, तोरीको खानेतेल, साबुन र टुथपेस्ट सहयोग गरे । गान्धारीबाट प्राप्त राहत सामग्री राससको झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ र सञ्चारकर्मीहरुको उपस्थितिमा राहत सामग्री सोमबार हस्तान्तरण गरे ।
राहत सामग्री पाएपछि खुशी भएकी स्थानीयवासी धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताए । “बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो”, धनमायाले भने, “राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।”
गन्धर्व बस्तीमा अरु दाताले पनि राहत सामग्री पु¥याएका छन् । काठमाडौँकी समाजसेवी ज्वाला सङ्ग्रौला, अनेरास्ववियू कचनकवल गाउँ समिति, सत्यसाई सेवा समिति प्रदेश नं १ समिति र कचनकवल स्वतन्त्र युवा समूहबाट समेत राहत सामग्री प्राप्त भएको स्थानीयवासी रेजिना गन्धर्वले बताए ।
झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकवलमा गन्धर्व समुदायको अलग्गै बस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरु कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरुको खेतीपाती र व्यापार छैन ।
पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले समुदायले कोरोना कहरमा भोग्नुपरेको दुःख बुझेर राहत सामग्री ल्याइदिनु हुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभएको छ । भोकै बस्नुपर्ने परिस्थितिले चिन्तित गन्धर्व परिवारमा मनग्य राहत जुटेपछि खुशीयाली छाएको उनले बताए ।
“सहयोगी मनहरुले हाम्रो दुःख बुझेर पर्याप्त राहत ल्याइदिनुभयो, अब गन्धर्व बस्तीमा कोही पनि भोकै बस्नुपरेन”, उनले भने, “गाउँबस्ती डुलेरै पुर्खादेखि जीविका चलाउँदै आएका थियौँ । कोरोनाले निषेधाज्ञा लागेपछि लामो समय घरभित्रै बस्नुपर्दा खानेकुराको चरम अभाव भएको हो ।”
सोही क्षेत्रका जनप्रतिनिधि एवं प्रदेशसभा सदस्य बानियाँले जनताको स्वास्थ्य सुरक्षाका लागि लामो अवधिसम्म निषेधाज्ञा लगाउनु पर्ने परिस्थितिले विपन्न गन्धर्व समुदायमा खाद्य सङ्कट उत्पन्न भएको जनाउँदै मानवीय भावनाले ओतप्रोत भएर राहत सहयोग गर्नुहुने सबै दाताप्रति कृतज्ञता व्यक्त गरे ।
गन्धर्व समुदायको कला, संस्कृति र पहिचानको संरक्षणका लागि प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय निर्माण शुरु गरिएको बानियाँले बताए । सो समुदायका लागि जनता आवास कार्यक्रममार्फत विपन्न परिवारलाई घर निर्माण, सामुदायिक घरबास कार्यक्रम र बालबालिकाको शिक्षाका लागि विशेष योजना ल्याइएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: