धादिङ । खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि भोकमरीको समस्या परेको हो ।
चेपाङ बस्तीमा अनिकाल शुरु भएको तिन महिना भएको छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं। ८ का वडा सदस्य कुलमान चेपाङको परिवारसमेत खानेकुराको अभाव झेलिरहेको छ । यसअघि काम गरेको ज्याला दिने साहुलेसमेत बैँक बन्द भएकोले ज्याला दिन नसकेको भनेर पैसा नदिएको उनको गुनासो छ ।
सो गाउँपालिका–८, जिरवाङकी ३४ वर्षीया सन्तलाल चेपाङ परिवारमा भोकमरी लेसताएको तिन महिना भएको बताउँदै खानेकुरा अभावमा चार पाँच दिनमा एक छाक ढिडो वा खोले खान पाउने अवस्था आएको जनाए। तरकारी केही नहुने र जंगलका कन्दमुलसमेत डढेलोका कारण सखाप भएपछि आफूहरु झनै समस्यामा परेको उनको भनाइ छ । गत वर्षको बन्दाबन्दीमा सबै चेपाङ परिवारलाई चामल वितरण गरेको गाउँपालिकाले यसवर्ष कुनै योजना नबनाएको तर व्यक्तिगत रुपमा खाद्यान्न सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले बताए ।
भोकमरीमा जिरवाङ, गोठेभन्ज्याङ, यारबाङ, रोतेस, भुमीडाँडा, बोम्राङ, मान्बुङ, दुङवाङ समेत परेको छ । यस भेगका करिब एक सय ५० चेपाङ परिवार भोकमरीको चपेटमा रहेको वडाध्यक्ष वीरबहादुर श्रेष्ठले बताए । वडाभरमा ३ सय ५० चेपाङ परिवारले गिठ्ठा, टाँकीको सागले चैत्रदेखि साउनसम्म छाक टार्न बाध्य हुने गरेपनि गाउँपालिकाले दिगो समाधानका लागि योजना नबनाएको र राहतहरु मात्र बाड्ने गरेको बताए।
गतवर्ष कोरोना महामारीको सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीले रसायनिक मल अभाव हुँदा चेपाङले मकैमा मलसमेत हाल्न पाएनन् । मल नहालेका कारण पनि मकै उत्पादन कम भयो । यस वर्ष पनि एक महिनाबढी भइसक्यो निषेधाज्ञा खुलेको छैन । मल नपाएपछि अर्को वर्ष झनैसमस्या हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
दिगो विकास लक्ष्यअनुसार नेपाललाई सन् २०२५ सम्म भोकमुक्त बनाउने लक्ष्य नेपालको संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हक अनि खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ जारी भएपनि यो किताबका पानामा सिमित भएको चेपाङ गाउँ पुगेपछि देख्न सकिन्छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: