रौतहट । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया, रौतहटले आर्थिक वर्ष २०७७/०७८ मा भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याइएका मोरसाइकल र चारपाङ्गे्र गरी एक सय ४ वटा सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६३ लाख ३० हजार ३३ राजस्व संकलन भएको सो गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सेन ओलीले जानकारी दिए ।
उनका अनुसार चौपाया, अण्डा, माछा तथा पशुपंक्षीलाई नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३६ लाख ६२ हजार ६ सय ३०, तस्करीको लताकपडा नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३ करोड ९ लाख २० हजार ३ सय २५, अवैध रुपले वन क्षेत्रबाट ल्याइएका सालका काठ नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख ६४ हजार ४ सयोवारमा ५० सङ्कलन भएको छ ।
सो अवधी तस्करीमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि गौर भन्सार र जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको ओलीले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...
मंसिर २३ गते, २०८२ - ०६:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...




प्रतिकृया लेख्नुहोस्: