Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

फुटको डिलमा जसपा : केसमा बुहमत नहुँदा पार्टी विहिन हुने अवस्थामा ठाकुर

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई स्पष्टिकरण सोधेको म्याद आज समाप्त हुँदैछ ।

योसँगै जसपामा औपचारिक फूट हुने करिब निश्चितजस्तै देखिएहो हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनको अध्यादेश ल्याएपछि रातारात एकीकरण भएका जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । तर पछिल्लो घटनाक्रममा जसपाको पूर्व जनता पार्टी समूहले केपी ओलीलाई समर्थन गरेपछि पार्टी फूट नजिक पुगेको हो ।

यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि अब कार्वाही गर्ने बिन्दुमा उनीहरु पुगेका छन् ।

अध्यक्ष ठाकुरले पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी यादवलाई दिएका थिए ।

​यादवका तर्फबाट पनि ठाकुर लगायतका नेतालाई सोही व्यहोराको पत्र पठाइएको थियो । यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । त्यसपछि उनीहरुमाथि कारवाही हुने जसपा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बताएका छन् । यादवका तर्फबाट अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण पठाइएको थियो ।

स्पष्टिकरण र कार्वाहीपछि पार्टीको आधिकारिकताका लागि दावी गर्ने भएपनि ठाकुर पक्षलाई भने निर्वाचन आयोगमा आफ्नो पक्षको दावी पुष्टि गर्न अप्ठ्यारो पर्ने देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार केन्द्रीय समितिको बहुमतका आधारमा पार्टीको आधिकारिकता निर्धारण हुने हुन्छ । यो अवस्थामा कार्यसमिति र कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको छ । जबकि संसदीय दलमा भने महन्थ ठाकुर पक्षको बहुमत रहेको छ ।

संसदीय दलमा बहुमत भएर मात्रै पार्टी विभाजन गर्न नसकिने कानुनी व्यवस्था भएकाले ठाकुर पक्षले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसके उनलाई दलको आधिकारिता दावी गर्न कठीन हुने देखिन्छ ।

सम्भवतः आज स्पष्टिकरणको मिति कुरेपछि दुबै पक्षको बैठकले ठोस निर्णय गर्नसक्ने देखिन्छ । यो अवस्थामा जसपामा औपचारिक फूट हुने कुरा निश्चित जस्तै बनेको हो ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies