लमजुङ । मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका ७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताए ।
त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, 'जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।' मर्स्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताए ।
यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले क्षति बनाएका घरहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ भने अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ ।
प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरुका धनीलाई वडाध्यक्ष र प्रहरीको मुजुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर रु १५ हजारसम्म आर्थिक सहयोग गरिने जानकारी दिए ।
जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् । चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।
जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको छ ।
भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । उनीहरु कोरोना सङ्क्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भीडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिम समेत बढेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: