Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

कार्यदल गठन सम्बन्धमा अध्यक्ष ओली र माधव नेपालबीच छलफल, कार्यदलमा बादललाई राख्नेबारे विवाद कायमै

खबरडबली संवाददाता

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ । गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । सोही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा करिव एक घण्टा छलफल भएको हो । दिउँसो १ बजे दुईपक्षबीच छलफल हुने भनिए पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली व्यस्त रहकाले छलफल पर धकेलिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच बिहीबार बुढानिलकण्ठमा चार घण्टा लामो छलफल र सहमति पछि कार्यदल गठन गरेर दुई पक्ष सहमति जुटाउने समझदारी भएको थियो । दुई नेताबीचको समझदारीले विभाजनको संघारमा पुगेको पार्टी दुर्घटना हुनबाट रोखिएको छ । दुई शीर्ष नेताबीच पार्टीलाई ०७५ जेठ २ को पेरिफेरीबाट समस्या समाधानको उपाय निकाल्ने भनिएपनि अहिले सम्म कार्यदल नै गठन गर्न सकिएको छैन ।

कार्यदल गठनको बाधकको रुपमा माओवादीबाट भर्खरै एमाले प्रवेश गरेका रामबहादुर थापा बादल रहेका छन् । शुक्रबार राति प्रधानमन्त्री कार्यलय सिंहदरबारमा भएको प्रधानमन्त्री सहितको दुई पक्षीय छलफलमा गृर्हमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य बादल समेत सहभागी भएपछि नेपाल समूहले आपत्ति जनाएका छन् । छलफलमा सहभागि माधव समूहका नेता भीम रावलले ०७५ जेठ २ को पार्टी संरचनाले बादललाई नचिन्ने भन्दै एमालेको विवाद मिलाउन बादल आवश्यक नभएको तर्क गरे ।

कार्यदलमा बादललाई राख्ने कि नराख्ने भन्ने विषयमा कुरा नमिल्दा शुक्रबारको बैठक स्थगित भएको थियो । तर, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापालाई समेट्ने तयारी गरीरहेका छन् ।

बादल पनि एकालेको नेता भइसकेको अवस्थामा दुई पक्षीय छलफलमा बादललाई छुटाउन नहुने आफु निकटसंग भन्दै आएका छन् । विवाद मिलाउन आज बस्न लागिएको दुई पक्षीय बैठकमा समेत ओलीको तर्फबाट बादललाई नै खटाउने तयारी भइरहेको प्रधानमन्त्रीका साचवालयका एक सदस्यले बताएका छन् । सबै एउटै पार्टीको नेता भइसेपछि बैठकमा कसलाई ल्याउने कसलाई नल्याउने भन्ने सामान्य कुरामा अल्झिएर बस्नुको कुनै तुक छैन’, उनले भने, ‘प्रधानमन्त्री ज्यूले पुरानै पार्टी संरचनाको वरीपरी रहेर समाधानको उपायल खोज्ने भनिसकेपछि व्यक्ति विशेषको कुरामा हलो अड्काउन कुरा हुँदैन ।

तर, ओली पक्षको तर्कमा माधव समूह सहमत छैनन् । शनिबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा समेत सबैले बादल बिनाको बैठक हुनुपर्ने विचार राखकेका थिए । बैठकमा धारणा राख्ने सदस्यहरुले प्रधानमन्त्री ओलीको नियतमाथि संशय व्यक्त गर्दै आफुहरुको एजेण्डालाई अलमल्याएर अन्यन्त्र कतै विषायन्तर गर्ने ओलीको पुरानै शैली दोहोरीने त होइन भनि प्रश्न गरेका छन् । उनीहरुले ओलीको कुटिल चालप्रति नेताहरुलाई सचेत गराएका छन् ।

२०७७ फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए। त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन्।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending