Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

कार्यदल गठन सम्बन्धमा अध्यक्ष ओली र माधव नेपालबीच छलफल, कार्यदलमा बादललाई राख्नेबारे विवाद कायमै

खबरडबली संवाददाता

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ । गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । सोही विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा करिव एक घण्टा छलफल भएको हो । दिउँसो १ बजे दुईपक्षबीच छलफल हुने भनिए पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली व्यस्त रहकाले छलफल पर धकेलिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच बिहीबार बुढानिलकण्ठमा चार घण्टा लामो छलफल र सहमति पछि कार्यदल गठन गरेर दुई पक्ष सहमति जुटाउने समझदारी भएको थियो । दुई नेताबीचको समझदारीले विभाजनको संघारमा पुगेको पार्टी दुर्घटना हुनबाट रोखिएको छ । दुई शीर्ष नेताबीच पार्टीलाई ०७५ जेठ २ को पेरिफेरीबाट समस्या समाधानको उपाय निकाल्ने भनिएपनि अहिले सम्म कार्यदल नै गठन गर्न सकिएको छैन ।

कार्यदल गठनको बाधकको रुपमा माओवादीबाट भर्खरै एमाले प्रवेश गरेका रामबहादुर थापा बादल रहेका छन् । शुक्रबार राति प्रधानमन्त्री कार्यलय सिंहदरबारमा भएको प्रधानमन्त्री सहितको दुई पक्षीय छलफलमा गृर्हमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य बादल समेत सहभागी भएपछि नेपाल समूहले आपत्ति जनाएका छन् । छलफलमा सहभागि माधव समूहका नेता भीम रावलले ०७५ जेठ २ को पार्टी संरचनाले बादललाई नचिन्ने भन्दै एमालेको विवाद मिलाउन बादल आवश्यक नभएको तर्क गरे ।

कार्यदलमा बादललाई राख्ने कि नराख्ने भन्ने विषयमा कुरा नमिल्दा शुक्रबारको बैठक स्थगित भएको थियो । तर, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापालाई समेट्ने तयारी गरीरहेका छन् ।

बादल पनि एकालेको नेता भइसकेको अवस्थामा दुई पक्षीय छलफलमा बादललाई छुटाउन नहुने आफु निकटसंग भन्दै आएका छन् । विवाद मिलाउन आज बस्न लागिएको दुई पक्षीय बैठकमा समेत ओलीको तर्फबाट बादललाई नै खटाउने तयारी भइरहेको प्रधानमन्त्रीका साचवालयका एक सदस्यले बताएका छन् । सबै एउटै पार्टीको नेता भइसेपछि बैठकमा कसलाई ल्याउने कसलाई नल्याउने भन्ने सामान्य कुरामा अल्झिएर बस्नुको कुनै तुक छैन’, उनले भने, ‘प्रधानमन्त्री ज्यूले पुरानै पार्टी संरचनाको वरीपरी रहेर समाधानको उपायल खोज्ने भनिसकेपछि व्यक्ति विशेषको कुरामा हलो अड्काउन कुरा हुँदैन ।

तर, ओली पक्षको तर्कमा माधव समूह सहमत छैनन् । शनिबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा समेत सबैले बादल बिनाको बैठक हुनुपर्ने विचार राखकेका थिए । बैठकमा धारणा राख्ने सदस्यहरुले प्रधानमन्त्री ओलीको नियतमाथि संशय व्यक्त गर्दै आफुहरुको एजेण्डालाई अलमल्याएर अन्यन्त्र कतै विषायन्तर गर्ने ओलीको पुरानै शैली दोहोरीने त होइन भनि प्रश्न गरेका छन् । उनीहरुले ओलीको कुटिल चालप्रति नेताहरुलाई सचेत गराएका छन् ।

२०७७ फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए। त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन्।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending