Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

कोभिड कहर : बिरानो बन्दैछ छिमेकीका घर

खबरडबली संवाददाता

फुङ्लिङ । वल्लो पल्लो घर पालो पैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस दाउरा, मेलापात गदै आएका मेरिङदेन गाउँपालिका—४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर नकिस्किएको दुई साता भयो । उहाँ मात्र होइन प्राय ताप्लेजुङको सबै गाउँमा मानिसहरु घरभित्रै बस्न थालेको छन् ।  मेरिङदेन गाउँपालिका—६ की विमना लिम्बु दुई हप्तादेखि छिमेकीको घरमा जानु भएकी छैन् । छिमेकीसँग भेटघाट पनि गरेको छैन । 

फुङ्लिङ नगरपालिका—७ बिहिवारे निवासी जितेन चेम्बजोङले भने 'टोलबाट बाहिर गएर फेरी फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।' आफ्नो गाउँमा कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको चेम्जोङले बताए ।

घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धूवाँले पाइन्छ । नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ । बारीमा मकै हरियो देखिन्छ । बारिका गन्लाहरुमा घाँसको बालुवा पलाउँन थालेको छ । गाउँ सुनसान भए पछि चराचुरुङ्गीहरु घर नजिक—नजिक आउँन थालेको छ । चराहरुको आवाजले एक प्रकारको  संगीतमय  बन्दै गएको छ । 

पहिलो चरणको कोभिड—१९ को संक्रमण फैलिन्दा सहर भन्दा गाउँ धेरै सुरक्षित मनिएको थियो । तर दोस्रो चरणको कोभिड—१९को लहरमा गाउँ पनि असुरक्षित हुर्दै आएको मेरिङदेन गाउँपालिका—२ का स्थानीय मेघराज लिम्बुले बताए । उनले भने 'गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पतालको सुविधा छैन । त्यसैले समयमै सुरक्षित रहनु पर्दछ ।' 

ताप्लेजुङमा नौ स्थानीय तह मध्ये ७ स्थानीय तहमा कोभिड—१९ संक्रमण फैलिएको छ । गाउँ—गाउँमा कोभिड संक्रमितहरु छन् । गाउँमा विरामी भए अस्पताल, यातायात, बाटोको सहज नभएको पाथीभराङवरका गाउँपालिका—६ की चित्रा कुमार लिम्बुले बताए । उनले भने 'बरु केही समय घर  भित्र बस्नु को विकल्प छैन् ।' प्रत्येक स्थानीय तहरुले एक गाउँ देखि अर्को गाउँ आउँ जाउँ नगर्न सार्वजनिक सूचनाहरु विभिन्न  संञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छ । 

जिल्ला अस्पताल ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा शनिबार सम्म सक्रिय संक्रमित २७१ छन् । मेरिङदेन गाउँपालिमा १२ जान सक्रिय सक्रमित रहेको जिल्ला कोभिड—१९ जिल्ला फोकल परसन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताइन । आठराइत्रिवेणी गाउँपालिकामा ८ सिरिजंघा गाउँपालिकामा ११ पाथीभरायाङवरक गाउँपालिकाम ४ जान  र फुङ्लिङ नगरपालिकामा २०३ जना सक्रिया संक्रमित रहेको खरेलले बताइन । 

मेरिङदेन गाउँपलिकाका प्रवक्ता सूर्यमान बराइलीले भने ‘अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन ।' रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending