Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, विवाद समाधान कार्यदल गर्ने तयारी 

खबरडबली संवाददाता

काठमाडौं । विभाजनको मुखको डिलमा पुगेको सत्तारुढ दल नेकपा एमालेको विवाद पछिल्लो समय समाधान दिशातर्फ अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् संसद विघट गरेपछि एकले अर्कालाई खुइल्याउन सडक संघर्ष देखि देशभर समानान्तर कमिटी गठन गर्दै आएको माधव समूहले बिहीबार अध्यक्ष केपी शर्मा ओलीसंग बुढानिलकण्ठमा भएको चार घण्टा लामो वार्ता र छलफल पछि प्रधानमन्त्री ओली माधव पक्षले राखेको ६ बुँदे प्रस्तावमा सकारात्मक भएका थिए ।  दुवै पक्षले कार्यदल बनाएर विवादको टुंगो लगाउने सहमति भए पश्चात शुक्रबार राति ओली समूह र नेपाल समूहबीच प्रधानमन्त्री कार्यलय सिंहदरबारमा कार्यदल गठन गर्ने सहमति गरेका थिए ।

त्यसैलाई मूर्तरुप दिन शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।

यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । शनिबार ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी भइरहेको एमाले नेता युवराज ज्ञवालीले बताए । उनले भने, ‘हाम्रो तर्फबाट ६ बुँदे एजेण्डा प्रस्तुत गरेका छौं । त्यस प्रति प्रधानमन्त्री सकारात्म देखिनु भएको छ । जुन प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै कार्यन्वयन हुनुपर्छ भन्ने हाम्रो अडान छ । धेरै साथीहरुको धारणा पनि पहिले लिखित सहमति गरेर मात्र अघि बढौं भन्ने छ । त्यसकै तयारीमा हामी छौं 

यस्तै, हिजोदेखि शुरु भएको माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।  भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने नेता ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार हालसम्म धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्छ र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल गर्न सकिने धारणा राखेका छन् । माओवादीबाट एमालेमा आएका नेताहरुको हकमा पहिलेकै स्थायी कमिटीले निर्णय गरेपछि कुन कुनु नेतालाई कस्तो जिम्मेवारी दिने भन्नेबारे निणर्य गर्न सकिनेब बताए । 


यसअघि अध्यक्ष ओलीले आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुलाई जिम्मेवारी दिदा माधव नेपाल सहित चार जनालाई पार्टीबाट ६ महिनाको लािग निलम्बन गरेका थिए । तर, माधव समूहले कारवाहीको कुनै प्रवाह नगरी प्रधानमन्त्रीलाई असफल बनाउन आफु पक्षका सबै सांसदले सामूहिक राजिना दिने घोषणा गरेपछि बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको स्थायी कमिटी बैठकले चार जना नेताको कारवाही फिर्ता लिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फि...

चैत्र कृष्ण एकादशी: पशुपति क्षेत्रस्थित बज्रेश्वरी मन्दिरमा देशोद्धार पूजा

काठमाडौँ । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा सुरु गरिएको देशोद्धार पूजा आइतबार तिलगंगास्थित बज्रेश्वरी मन्दिरमा गरिएको छ...

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: