Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, विवाद समाधान कार्यदल गर्ने तयारी 

खबरडबली संवाददाता

काठमाडौं । विभाजनको मुखको डिलमा पुगेको सत्तारुढ दल नेकपा एमालेको विवाद पछिल्लो समय समाधान दिशातर्फ अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् संसद विघट गरेपछि एकले अर्कालाई खुइल्याउन सडक संघर्ष देखि देशभर समानान्तर कमिटी गठन गर्दै आएको माधव समूहले बिहीबार अध्यक्ष केपी शर्मा ओलीसंग बुढानिलकण्ठमा भएको चार घण्टा लामो वार्ता र छलफल पछि प्रधानमन्त्री ओली माधव पक्षले राखेको ६ बुँदे प्रस्तावमा सकारात्मक भएका थिए ।  दुवै पक्षले कार्यदल बनाएर विवादको टुंगो लगाउने सहमति भए पश्चात शुक्रबार राति ओली समूह र नेपाल समूहबीच प्रधानमन्त्री कार्यलय सिंहदरबारमा कार्यदल गठन गर्ने सहमति गरेका थिए ।

त्यसैलाई मूर्तरुप दिन शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।

यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । शनिबार ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी भइरहेको एमाले नेता युवराज ज्ञवालीले बताए । उनले भने, ‘हाम्रो तर्फबाट ६ बुँदे एजेण्डा प्रस्तुत गरेका छौं । त्यस प्रति प्रधानमन्त्री सकारात्म देखिनु भएको छ । जुन प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै कार्यन्वयन हुनुपर्छ भन्ने हाम्रो अडान छ । धेरै साथीहरुको धारणा पनि पहिले लिखित सहमति गरेर मात्र अघि बढौं भन्ने छ । त्यसकै तयारीमा हामी छौं 

यस्तै, हिजोदेखि शुरु भएको माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।  भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने नेता ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार हालसम्म धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्छ र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल गर्न सकिने धारणा राखेका छन् । माओवादीबाट एमालेमा आएका नेताहरुको हकमा पहिलेकै स्थायी कमिटीले निर्णय गरेपछि कुन कुनु नेतालाई कस्तो जिम्मेवारी दिने भन्नेबारे निणर्य गर्न सकिनेब बताए । 


यसअघि अध्यक्ष ओलीले आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुलाई जिम्मेवारी दिदा माधव नेपाल सहित चार जनालाई पार्टीबाट ६ महिनाको लािग निलम्बन गरेका थिए । तर, माधव समूहले कारवाहीको कुनै प्रवाह नगरी प्रधानमन्त्रीलाई असफल बनाउन आफु पक्षका सबै सांसदले सामूहिक राजिना दिने घोषणा गरेपछि बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको स्थायी कमिटी बैठकले चार जना नेताको कारवाही फिर्ता लिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending