Life insurence
Khabar Dabali ७ असार २०७८ सोमबार | 21st June, 2021 Mon
Himalayan Golden detail page

काठमाडौंका ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिनेः उपप्रधानमन्त्री पोखरेल 

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले  मुख्यसचिव डा।शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई  आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देश गरे । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै सातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।


तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र  नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।  आइसोलेशन केन्द्र चलेपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा।सुमनराज डंगोलले केन्द्रका बारेमा जानकारी गराएका थिए । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र  उपप्रमुख ज्ञानमाया   डंगोलको पनि सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिराे खस्दा अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालन

बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।  राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सु...

विराटनगर महानगरपालिकाद्वारा स्वास्थ्य सहयोग गर्न अन्तर्राष्ट्रिय निकायलाई आह्वान

मोरङ । विराटनगर महानगरपालिकाले  कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ  । स...

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बाग्लुङ ।  तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्यु...

रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिने घरबेटी पक्राउ

काठमाडौं । तनहुँ घर भएकी २४ वर्षीया सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । रूपा सुनारले घरभ...

बलेफी गाउँपालिकामा पार्किङ गरी राखेको स्काईभेटर राति आगलागी हुँदा जलेर पूर्णरुपमा क्षती

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–१ बिग्लुङस्थित सडकमा पार्किङ गरी राखेको नागराज कनस्ट्रक्सन कम्पनीको स्काईभेटरमा शनिबार राति आगलागी हुँदा स्काईभेटर जल...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ

सिन्धुली । गोलन्जोर गाउँपालिका–७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा मह...

निःशुल्क एन्टिजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

भक्तपुर ।  आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टिजेन एवं पिसिआ...

बल्खुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

फरार रहेका टिपर चालकको खोजी जारी

पोखराबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–५ पर्श्याङ धारापानी मार्ग डेरा गरी बस्ने धादिङ घर भएका ३० वर्षीय जित बहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङ लगायत ९ जना...

भिरबाट लडेर घाइते भएकी १६ वर्षीया किशोरीको ५ दिनपछि हेलिकप्टरमार्फत उद्धार

बाजुरा ।  प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy