Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोनाले अक्सिजन घट्यो ? अस्पताल र अक्सिजन पाउनु भएन ? यो औषधि खानुस –डा. अनुप सुवेदी 

खबरडबली संवाददाता

कोभिड–१९ ले अक्सिजन लेबल घटेर ९२ भन्दा तल आएको छ र अस्पताल या अक्सिजन नपाएमात्र औषधि खाने सुझाव उनको छ । 

काठमाडौं । कोरोनाका विरामीका लागी अस्पताल र अक्सिजन अभावका समाचारहरु आईरहेका बेला संक्रमक रोग विशेषज्ञ डा. अनुप सुवेदीले अक्सिजन बढाउने औषधि सार्वजनिक गरेका छन् । 

कोभिड–१९ ले अक्सिजन लेबल घटेर ९२ भन्दा तल आएको छ र अस्पताल या अक्सिजन नपाएमात्र औषधि खाने सुझाव उनको छ । 

यस्तो बेला स्टेरोइड औषधि सेवन शुरू गरिहाल्न संक्रामक रोग विशेषज्ञ डा।अनुप सुवेदीले सुझाव दिएका छन्। उनका अनुसार, यो कोभिड–१९ को सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो।

त्यस्तो बेला कि त मिथायलप्रेड्निसोलोन (Methylprednisolone) ३२ एमजी (१६ एमजीका दुई चक्की वा ८ एमजीका चार चक्की) एकैचोटि दिनको १ पटक वा डेक्सामिथासोन (Dexamethasone) ६ एमजी (०.५ एमजीका १२ चक्की) एकैचोटि दिनको एक पटक वा प्रेड्निसोलोन (Prednisolone) ४० एमजी दिनको १ पटक खानापछि खान उनले सल्लाह दिएका छन्।

तर उनले भनेका छन् औषधि खाएर घरमै बस्नुभने हुँदैन । अस्पताल र अक्सिजनको खोजीमा लाग्नुपर्छ । उनले आफुले संकटको बेलामा मेडिकल काउन्सिलको नियम तोडेर औषधिको नाम लेखेको पनि बताएका छन् । 

हेर्नुहोस् अनुप सुवेदीको ट्विट– 

https://twitter.com/AnupSubedee/status/1391234127425196034?s=20

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ? (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) उत्तरः स्टेरोइड औषधी खान शुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो।

याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ। अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।

कि त Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Prednisolone 40 mg दिनको १ पटक खाना पछि खाने।

यो औषधीले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ। औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन।

तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ। यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।

(असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।)

 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies