Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

संक्रमितलाई अस्पतालले उपचार नगरी फर्कायो : घरमा बस्‍ने ठाउँ छैन, जङ्गलमा बास

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन शश्यामा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् । 

सिंजा गाउपालिका–२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् ।  घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् ।

तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ  पुर्‍याएको थियो । अस्पतालमा  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उनले आक्रोस पोखे । अस्पतालको श्यामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उनले बताए । उनले भने,'प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्कादिए । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् ।' त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उहाँले कोरोना सङ्क्रमितलाई आइशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गरे । 

सिंजा–२ का वडाध्यक्ष नविन शर्माले भने ' हामीले कोरोनाको शंका मानेर  प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ । बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ ।' उनले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताए । गाउँपालिकामा पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताए । उनले भने, 'सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो । पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो ।' 

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिए । उनले भने, 'लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ ।'

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेको छ ।  सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो  । आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो ।  आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसँग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरुसँग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताए । अधिकृत शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताए । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिए । गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको  गाउँपालिकाले जनाएको छ ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्युभएकाे छ । काटमाडाैं लगायतका विभिन्न स्थानमा भएकाे दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे हाे ।  ...

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

जनकपुरधाम। धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्...

पहिलो विदेश भ्रमणमा चीन जाने योजनामा पुटिन

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाएको रूसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ ।...

कारागारबाटै परीक्षा दिँदै बाँके र वीरगन्जमा ३८ कैदीबन्दी

पर्सा ।  वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा १२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् ...

हामी दक्षिणपन्थी अवसरवादको विरुद्धमा छौंः माधव नेपाल

दुई तिहाइको शक्तिमा पुगेपछि अहंकार बढाएर मैमत्त भए

जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम

काठमाडौं । राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका चरणबद्ध आन्दोलनले मुलुकलाई समाजवादतर्फ उन्मुख हुने उहिल्यै स्पष्ट गति दिनुपर्नेमा अहिलेसम्म...

विकराल बन्दै डढेलो

५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिएको आरोपमा एक युवा पक्राउ परेका छन् ।  शुक्रबार बिहान काठमाडौंको ठूलो भर्‍या...

डेढ किलो सुन र १ करोड ४३ लाखसहित पक्राउ परेका सातै जना सार्वजनिक

काठमाडाैं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई प...

महिलालाई अभद्र ब्यवहार गर्ने युवक पक्राउ

विराटनगर । संखुवासभाको सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखु...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies