Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

प्रधानमन्त्री ओलीले किन बोलाए पार्टीको आकस्मिक स्थायी कमिटी बैठक ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने मिति नजिकिदै गर्दा एमाले अध्यक्ष समते रहेका उनले आज आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएपनि अझैसम्म शुरु भएको छैन । प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले जनाए अनुसार केही बेरमा बैठक शुरु हुने बताइएको छ । विपक्षी गठबन्धनले राजनीति घेरा कसिलो बनाउँदै लगिएको अवस्थामा आकस्मिक बैठक बोलउनुलाई अर्थपूर्णरुपम हेरिएको छ ।

स्थायी कमिटीका एक सदस्यका अनुसार आजको बैठकमा  आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल हुने भएपनि पार्टीभत्र माधव समूहलाई कारवाही गर्ने नगर्ने बारे केही खुलाइएको छैन ।

माधव समूहले विपक्षी गठबन्धनसंग मिलेर राष्ट्रिय सभा उप चुनावमा संघीय विज्ञ डा. खेमलाल देवकोटालाई उमेद्वार बनाएपछि प्रधानमन्त्री ओली झस्किएका छन् ।  दुई दिन यता माधब नेपाल विपक्षी गठबन्धनका शीर्ष नेतासंग गोप्य भेटघाटमा व्यस्त रहेका छन् । सोही सूचना पाएका प्रधानमन्त्री  ओलीले हिजै कांग्रेस सभापति शेरबाहादुर देउवालाई भेट्न दलबल सहित देउवा निवास पुगेका थिए । 

बैशाख १० गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव  समूहका ३० जनालाई स्पष्टिकरण सोधेको छ । कर्णाली प्रदेशका ४ जनालाई पार्टीबाट निष्काषन गरेको थियो । सोही बैठकले ओली पक्षीय १९ सदस्य स्थायी कमिटी गठन गरेको थियो । माधव समूहका नेताहरुलाई थप कारवाही गर्ने जिम्म स्थायी ममिटीलाई दिएको थियो । 

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ ।

यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । पार्टीभित्रकै माधव समूहले प्रधानमन्त्री ओली फागुन २८ गतेको निर्णयबाट ब्याक नभए सामूहिक राजिनामा दिने निष्कर्षमा पुगेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending