Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीले किन बोलाए पार्टीको आकस्मिक स्थायी कमिटी बैठक ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने मिति नजिकिदै गर्दा एमाले अध्यक्ष समते रहेका उनले आज आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएपनि अझैसम्म शुरु भएको छैन । प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले जनाए अनुसार केही बेरमा बैठक शुरु हुने बताइएको छ । विपक्षी गठबन्धनले राजनीति घेरा कसिलो बनाउँदै लगिएको अवस्थामा आकस्मिक बैठक बोलउनुलाई अर्थपूर्णरुपम हेरिएको छ ।

स्थायी कमिटीका एक सदस्यका अनुसार आजको बैठकमा  आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल हुने भएपनि पार्टीभत्र माधव समूहलाई कारवाही गर्ने नगर्ने बारे केही खुलाइएको छैन ।

माधव समूहले विपक्षी गठबन्धनसंग मिलेर राष्ट्रिय सभा उप चुनावमा संघीय विज्ञ डा. खेमलाल देवकोटालाई उमेद्वार बनाएपछि प्रधानमन्त्री ओली झस्किएका छन् ।  दुई दिन यता माधब नेपाल विपक्षी गठबन्धनका शीर्ष नेतासंग गोप्य भेटघाटमा व्यस्त रहेका छन् । सोही सूचना पाएका प्रधानमन्त्री  ओलीले हिजै कांग्रेस सभापति शेरबाहादुर देउवालाई भेट्न दलबल सहित देउवा निवास पुगेका थिए । 

बैशाख १० गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव  समूहका ३० जनालाई स्पष्टिकरण सोधेको छ । कर्णाली प्रदेशका ४ जनालाई पार्टीबाट निष्काषन गरेको थियो । सोही बैठकले ओली पक्षीय १९ सदस्य स्थायी कमिटी गठन गरेको थियो । माधव समूहका नेताहरुलाई थप कारवाही गर्ने जिम्म स्थायी ममिटीलाई दिएको थियो । 

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ ।

यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । पार्टीभित्रकै माधव समूहले प्रधानमन्त्री ओली फागुन २८ गतेको निर्णयबाट ब्याक नभए सामूहिक राजिनामा दिने निष्कर्षमा पुगेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending