काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाएपछि राजनीतिक धुब्रीकरण तिव्ररुपमा बढेको छ ।
मंगलबार विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेलेका नेता माधव कुमार नेपाल र जसपाका अध्यक्षबीच प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गोप्य छलफल गरेका बुझिएको छ ।
बुधबार पनि प्रचण्ड, माधव र उपेन्द्रबीचमा ललितपुरको हात्तिवान रिसोर्ट नजिकै एक घरमा छलफल गरेको फेरी कांग्रेस सभापति देउवासंग चार नेताको भेट गर्ने चाँजापाँजो मिलाएको स्रोतको दावी छ ।
कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि वर्ताामान सरकार अल्पमतमा परिसकेको छ ।
चार दलका नेताबीच संसदमा प्रधानमन्त्री ओलीलाई आवश्क पर्ने मत पुग्न नदिने रणनीति बनाइएको बुझिएको छ । पार्टीभित्र प्रधानमन्त्री ओलीको पेलानमा पर्दै आएका माधव नेपाल समूह सकभर विपक्षी गठबन्धनबाट ओली इतर बहुमत पुर्याउने बहुमत नपुगेको खण्डमा कि त आफु पक्षीय सांसदलाई अनुपस्थित गराउने कि त सामुहिक राजिनामा गर्ने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ । माधव नेपाल समेत सहभागि भएको यस भेटघाटलाई अत्यन्तै गोप्य राखिएको छ ।
यस्तै,सत्तासमिकरणको विषयलाई लिएर विभाजको मुखमा रहेको जसपा बाबुराम–उपेन्द्र समूह र महन्त–राजेन्द्र समूहबीच हस्ताक्षर अभियान नै चलाइरहेका छन् । वर्तामान ओली सरकारलाई नै निरन्तरता दिनु पर्ने ठाकुर समूह र ओलीको विकल्प खोज्नु पर्ने बाबुराम–उपेन्द्र समूह छुट्टाछुट्टै गठबन्धनमा सहभागी हुँदै आएका छन् ।
मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर, राजेनन्द्र महतो सहतिका नेताहरुले ओलीसंग गोप्य छलफल गरेको बुझिएको छ । सहभागी एक नेताको अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन प्रत्यक्ष लागि नपर्ने र त्यसैदिन माधव समूहका सांसदहरुको गतिविधि हेरर कारवाही प्रकृया अघि बढाउने मनस्थितिमा ओली रहेको जानाएको छ । तर, एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासको मतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन । उनीहरुको गतिविधिलाई सबै गोप्य राखिएको छ ।
संसदमा जसपाले संस्थागत निर्णय नलिदा विपक्षी गठबन्धनम बहुमत पुग्ने अवस्था छैन । वर्तमान सरकार रहने नरहने भन्नेमा संघीय संसदमा पनि माधव समूनै निर्णायक भूमिकामा रहेको देखिन्छ । यसैगरी प्रधानमन्त्री ओलीले जसपा ठाकुर समूहको साथ पाए पनि पार्टीभित्र माधव समूहका कारणले बहुमत प्राप्त हुनेमा ढुक्क छैनन् । दलहरुबीच सत्तासमिकरणको धुव्रिकरणले बैशाख पछिको राजनीतिले कुन मोड लिन्छ भन्नेमा अन्योल कायमै रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: