Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

दैनिक उकालो लाग्दै कोरोना ग्राफ : ७६६० संक्रमित, ५५ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा  दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरुदेखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
 
आज देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते)  सात हजार ४४८,  आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।
 
आज १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो ।  आज देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै आज एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।
 
५५ को निधन
यस्तै आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् । 

२० जिल्लामा ५०० बढी सङ्क्रमित 
यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका  छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् । 

आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९ 
यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नं १ मा ९३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा १८, प्रदेश नं २ मा  दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संरक्षणको पर्खाइमा सेनवंशी राजाले प्रयोग गरेको तोप

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक...

यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

गुल्मी । यात्रुको चाप बढेपछि  गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप भएको छ ।  थप उडान सँगै अब विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको हो । ...

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।  पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहा...

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । दैनिक भास...

अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गराउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ ।  कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको...

बामदेव एमालेमा फर्कन आतुर, उचित जिम्बेवारी दिएर पार्टीमा फर्काउन ओलीसँग आग्रह

विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार

दुई महिनादेखि विद्युत् उत्पादन बन्दहुँदा दैनिक आठ लाख घाटा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ।  पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।     प्रतापपुर गाउ...

कतार एयरवेजको जहाजबाट धुँवा निस्केपछि.....

काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजक...

क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सर्लाही कारागारमा व्यवस्थापनको समस्या

सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...

जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो

धनुषा । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies