लुम्बिनी । विवादका बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा पछिल्लो विकसित राजनीतिक घटनाक्रममा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु दुःखद भएको बताएका छन् । उनले आफ्नो पुनर्नियुक्ति विधानसम्मत रहेको दाबीसमेत गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् मुख्यमन्त्री पोखरेलले बहुमत प्राप्त दलको अवस्था प्रदेशमा रहेका बखत एमालेले मुख्यमन्त्रीमा दावी गरिएको बताएका छन् । उनले सूर्य चिन्हबाट चुनाव लड्ने केही सांसदहरुले आफूलाई समर्थन नगर्ने बताएपनि संसदीय दलको बैठकले आफूलाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेकाले पछि समर्थन नरहेको भन्नुको अर्थ नरहने समेत तर्क गरेका छन् ।
‘लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।’
उनले विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आएकी भन्दै उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको बताएका छन् । ‘अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानून विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद भएको उनले उल्लेख गरेका छन् ।
यस्तै उनले चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाएको दावी गर्दै सूर्य चिन्हवाट चुनाव लडेका उनीहरुको समर्थन कानूनी रुपमा समेत अन्यदललाई नहुने बताएका छन् । मुख्यमन्त्री पोखरेलले आफ्नो नियुक्ति प्रति प्रतिपक्षी दलका नेताहरुको विरोध गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘संवैधानिक र कानूनी कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।’
यस्तै उनले अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमतरहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षडयन्त्रपूर्ण नाटक मंचनपछि नेकपा(एमाले) वहुमत प्राप्त दल बनेको भन्दै वहुमत प्राप्त दललाई सरकार संचालनको सम्वैधानिक दायित्व रहने बताएका छन् ।
‘संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन । चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय हो’, मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘जनता समाजवादीका वहुमत सदस्यले कार्वाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्विनी सरकार सुदृढ पोजिसनमा हुनेछ ।’
‘जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनु भएको छ उहाँहरुले लुम्विनी सरकार विरुद्ध प्रपोगण्डा संचालन गर्नु स्वभाविक हो’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: