आईपीएल इतिहासमा मुम्बईको यो सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको म्याच हो
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध मुम्बई इण्डियन्स चार विकेटले विजयी भएको छ ।
आईपीएल इतिहासमा मुम्बईको यो सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको म्याच हो ।
यसअघि मुम्बईले सन् २०१७ मा पञ्जाब किंग्सले दिएको १९९ रनको लक्ष्य पूरा गरेका थिए ।
आईपीएल २०२१ मा आफ्नो सातौँ म्याचमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
उसका लागि उपकप्तान किरण पोलार्डले शानदार पारी खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौकासहित अविजित ८७ रन बनाए ।
त्यस्तै, क्विन्टन डिककले ३८, कप्तान रोहित शर्माले ३५, कृणाल पाण्ड्याले ३२ र हार्दिक पाण्ड्याले १६ रनको योगदान दिए ।
बलिङमा साम करनले तीन, शार्दुल ठाकुर, रवीन्द्र जडेजा र मोइन अलीले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १८ रन बनायो ।
उसका लागि तीन ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरे ।
पाँचौ नम्बरमा ब्याटिङमा आएका अम्बाती रायडूले आक्रामक पारी खेल्दै विपक्षी टिमलाई बलियो लक्ष्य दिन महत्वपूर्ण योगदान दिए ।
उनले २७ बलमा सात छक्का र चार चौकासहित अविजित ७२ रनको योगदान दिए ।
मुम्बईविरुद्ध पनि ओपनर फाफ डुप्लेसिसले अर्धशतकीय पारी खेले । उनले २८ बलमा पाँच छक्का र दुई चौकासहित ५० रन बनाए ।
जारी सिजनमा फाफको यो लगातार चौथो अर्धशतक हो ।
त्यस्तै, अलराउन्डर मोइन अलीले पनि आक्रामक पारी खेले । उनले ३६ बलमा पाँच छक्का र पाँच चौैकाको मद्दतमा ५९ रन बनाए ।
त्यस्तै, ऋतुराज गायकवाड चार, सुरेश रैना दुईमा आउट हुँदा अलराउन्डर रवीन्द्र जडेजा नटआउट २२ रनमा अविजित रहे ।
बलिङमा किरण पोलार्डले दुई, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले एक/एक विकेट लिए ।
आजको जितसँगै मुम्बई अंक तालिकाको चौथो स्थानमा छ । उसले ७ म्याचमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।
सीएसके पनि हारको सामना गरे पनि शीर्ष स्थामना कायमै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: