Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

दल त्यागको कारवाही वडासम्मै

हुम्ला । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो ।

गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माअ‍ेवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागेको भन्दै पार्टी वडाध्यक्ष थापा र सदस्य महतारालाई कारवाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको हो । ‘लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा उनीहरु आएका छैनन्’, अध्यक्ष पुनले भने, ‘पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकरणसमेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।’

अध्यक्ष पुनका अनुसार बैठकले पार्टीको राज्य कमिटी सदस्य धन्जे दमाई ‘सङ्कलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्न सिफारिस गरेको हो । माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेका ‘सङ्कलन’ पार्टीका राज्य समिति सदस्य हुन् भने थापा र महतारा पार्टीको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।

पार्टीमै पुनरावेदन गर्छौँ : वडाध्यक्ष थापा

वडाध्यक्ष थापाले आफूमाथि कारवाही गर्ने निर्णयको पार्टीभित्रै पुनरावेदन गर्ने प्रतिक्रिया दिए । पार्टीले कारवाहीका लागि गरेको सिफारिसका बारेमा जानकारी नपाएका वडाध्यक्ष थापाले भने, ‘म वि.सं. २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको टिकटबाट निर्वाचित भएको हुँ, पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा आबद्ध भएँ, त्यसपछि अहिलेसम्म म अन्य कुनै पार्टीमा आबद्ध छैन, तर पूर्वाग्राही ढङ्गले कारवाही गरे म पार्टीभित्रै न्याय खोज्छु ।’

पार्टीभित्रकै केही व्यक्तिले आफूमाथि भौतिक आक्रमण गर्नेविरुद्ध कारवाहीको माग गर्दा कुनै सुनुवाइ नभएपछि पछिल्लो समयमा पार्टीको सम्पर्कमा नगएको उनले बताए । उनले अर्को पार्टीमा लागेको भन्ने आरोप सही नभएको प्रतिक्रिया दिए । ‘माओवादी केन्द्रको बाहेक हामी (म र वडा सदस्य वर्ष महतारा)संग नेकपाको समेत सदस्य लगेको रसिद छैन ।’, उनले भने, ‘अन्य पार्टी लागेको भन्ने आरोप केवल व्यक्तिगत रिसइबीबाहेक अरु केही होइन । त्यसमा पार्टीले हामीलाई न्याय गर्नेछ ।’ वडाध्यक्ष थापा मोओवादी केन्द्रकै स्थानीय नेताद्वारा यसअघि दुईपटक कुटिनुभएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending