Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बारा र पर्साको ग्रामीण भेगमा पाँच पुल निर्माण हुँदै

विरगञ्ज । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताए । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग स्वीकृतिको लागि फाइल पठाइएको र स्वीकृत भएर आएपछि वित्तीय मूल्याङ्कन गरी ठेकेदार छनोट गरिने सो कार्यालयले जनाएको छ ।

निर्माण हुने ती पाँच पुलमध्ये रु १२ करोडको लागतमा पर्साको रविदास–वञ्जारी जोड्ने सिकटा खोलामा निर्माण हुनेछन् । सो पुलको लम्वाइ ५० मिटर र चौडाई सात मिटर छ । मसियानी जगरनाथपुरको मध्यभागमा मधुवाहा खोलामा रु आठ करोडको लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइको सो पुल निर्माण हुनेछन् । बाराको कलैया–प्रस्टोका सडकखण्डअन्तर्गत रु साँढे ६ करोडको लागतमा संसारी माई खोलामा पुल बन्ने छन् । जसको लम्बाइ २५ मिटर र चौडाइ सात मिटर रहेको छ ।

यसैगरी बाराको टियर खोलामा रु आठ करोडको लागतमा पुल निर्माण हुनेछन् । इटहरी बेलाही सडक खण्डमा निर्माण हुने सो पुलको लम्बाइ ५० मिटर र चौडाइ सात मिटर हुनेछन् । बारागढी–टेढाकट्टी सडक खण्डको चिउटाहा खोलामा रु आठ करोडको लागतमा अर्को पुल बन्ने छन् । सो पुलको लम्बाइ ४० मिटर र चौडाई सात मिटर रहने छन् । बारा र पर्सामा निर्माण हुने सो पाँचवटा पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाउन रु दुई करोड निकासा भइसकेको र सो पुल निर्माणको ठेक्का साकार भइसकेपछि बाँकी बजेट प्रदेश नं २ सरकारले पठाउने कार्यालयले जनाएको छ । पर्सा र बारामा बन्न लागेको सो पुलको निर्माण भएपछि त्यस भेगका मानिसलाई आवतजावत गर्न सहज हुने विश्वास लिइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: