Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मुक्त हलिया, कमैया र कमलरीको अधिकार सुनिश्चितताका प्रतिवद्धता आवश्यकः प्रचण्ड

\"prachanda\"११ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूर तथा मध्यपश्चिममा रहेका मुक्त हलिया, कमैया र कमलरीहरुको अधिकार सुनिश्चिताका लागि सबै दलहरुको सामुहिक प्रतिवद्धता आवश्यक रहेको बताएका छन् । लाजिम्पाट निवासमा मुक्त हलिया, कमैया र कमलरीहरुका अगुवाहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । विपन्न समुदायको अधिकार स्थापनाका लागि नै विभिन्न समयमा संघर्ष गर्नु परेको स्मरण गराउँदै उनले यसको संस्थागत विकासका लागि सबै राजनीतिक दलहरु सहमत हुनुपर्ने उल्लेख गरे । ‘गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि मेरै पालामा हलिया मुक्तिको घोषणा भएको थियो’ उनले भने, ‘यसको व्यवस्थापनका लागि अन्तिम समयसम्म पनि मैले र मेरो पार्टीले सक्दो प्रयास गर्छ ।’ एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले संविधान सहमतिको दस्तावेज भएकोले सबैका भावना समेटिनु पर्ने उल्लेख गर्दै सबै विपन्न समुदायलाई अधिकार सम्पन्न बनाउने कुरामा सबै दलको प्रतिवद्धता रहेकोले त्यसलाई व्यवहारमा उतार्नु पर्ने बेला आएको बताए । यसअघिको भेटमा उच्चस्तरीय राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संवाद समितिमा सो समुदायका सवालमा अधिकतम छलफल र अधिकार स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले नै अधिकार प्राप्त भइनसकेकोले सबै समुदायले आआफ्नो अधिकारका बारेमा सचेत रहनु पर्ने उल्लेख गर्दै ठूला चार राजनीतिक दलले चाहेमा सबै समस्याको समाधान हुने बताए । त्यस्तै गरी संसदको कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले पनि समस्यौदामा समेट्न नसकेपछि आफूलगायतका सभाषद्ले फरक मतका रुपमा संविधानसभामा आफ्नो मत दर्ता गराएको स्मरण गराउँदै त्यसमा मुक्त हलिया, कमैया र कमलरीका सवाल पनि रहेको जानकारी दिए । उनले भूमिसुधार मन्त्रालयले एकीकृत बाधा श्रम सम्बन्धी ऐन बनाउन लागेको र सो ऐन सो समुदायको सहमति बिना पारित नहुने धारणा राखे । श्रावण ५ गतेबाट कैलालीको धनगढीबाट सुरु भएको मुक्त हलिया, कमैया र कमलरीको संयुक्त क्याराभान अभियान अन्तर्गत सो समुदायका अगुवाहरुले यसअघि संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा वली र विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर आगामी संविधानमा आफ्ना १६ बुँदे मागहरु समेटिनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको पूर्व सभाषद् तथा हलिया आन्दोलनका अगुवा हरिराम श्रीपाईलीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending