काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी गतिविधि विरुद्ध लाग्ने थप आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने प्रदेशसभाका प्रकाश ज्वालासहित चार सदस्य र यसअघि निलम्बनमा परेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई दुई दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले आयोजक कमिटीका सदस्यको कार्यविभाजन र विभागीय जिम्मेवारी तोक्ने कामका लागि विष्णु पौडेल, शङ्कर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदललाई जिम्मा दिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए । वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गरिएको अध्यक्ष ओलीको प्रतिवेदनमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भए पनि यसले मुलुकको विद्यमान समस्याहरुको समाधान गर्ने सम्भावना कम रहेकाले राजनीतिक स्थायित्वका लागि छिटो निर्वाचनमा जानुपर्ने विकल्प उपयुक्त हुने उल्लेख गरिएको छ । नेकपा एकताको तीनवर्षे अवधि र सर्वोच्च अदालतको फैसलाबाट एमालेले आउँदो साउनमा विधान सम्मेलन गर्नेछ भने मङ्सिरमा महाधिवेशन तोकेको छ ।
छलफलपछि पारित प्रतिवेदनमा पार्टीको वैचारिक र सङ्गठनात्मक काम र जनआधारित कामलाई गति दिँदै एमालेलाई देशको नेतृत्वदायी सङ्गठनका रुपमा अघि बढाउने, समृद्धिको अभियान प्रभावकारी बनाउन तीनै तहका सरकारलाई सक्रिय तुल्याउने र जनताका चाहना तथा आवश्यकतालाई सम्बोधनका क्रममा गर्नुपर्ने कामको समीक्षा गरेर अघि बढ्ने उल्लेख छ । प्रवक्ता ज्ञवालीका अनुसार अध्यक्ष ओलीको प्रतिवेदनमा मुलुक कुनै पनि बेला निर्वाचनमा जान सक्ने भएकाले तयार रहन कार्यकर्ता पङ्तिलाई तयार रहन निर्देश गरिएको र पार्टी विरोधी गतिविधिमा लागेकालाई एकताको भावनाका साथ आत्मालोचनासहित मूलधारमा फर्कन आह्वान गरिएको जनाइएको छ ।
बैठकले महासचिव पोखरेलद्वारा प्रस्तुत पार्टीको संगठनात्मक कामलाई व्यवस्थित गर्न आउँदो जेठ मसान्तभित्र सबै तहका कमिटीको पुनःगठन, असारभित्र सङ्गठित सदस्यता, भदौमा वडा तहदेखि पालिका तहसम्मको अधिवेशन र असोजमा प्रदेश अधिवेशन गरी मङ्सिरमा महाधिवेशन गर्ने कार्यतालिकासहितको साङ्गठनिक प्रतिवेदन पारित गरेको छ ।
आजको बैठकमा २०७७ फागुन २३ पछि केन्द्रीय सदस्यहरु विष्णु रिजाल, तिलकुमार मेन्याङ्वो, सोम मिश्रलगायत पहिलोपल्ट उपस्थित भएका थिए।
आयोजक कमिटीको अर्को बैठक यही वैशाख १० गते बस्नेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: