Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमाओवादी ‘धर्म निरपेक्षता’ बाट पनि पछि हट्दै

\"Prachanda_Next\"११ साउन, काठमाडौं । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अधिकतम् सहमतिमा संविधान जारी हुने भन्दै धर्म निरपेक्षता छोड्ने संकेत गरेका छन् । दाहाल निवास लाजिम्पाटमा सोमबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव आइसकेकाले सबैको चित्त बुझ्दो संविधान आउने बताए । एमाओवादी अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने सुझाव देशभरबाट आएको र यसलाई कसरी समेट्ने भन्नेबारे दलीय छलफल चलिरहेको जानकारी दिँदै उक्त विषयउपर सहमति भए पनि नभएपछि संविधान निर्माण कुनै पनि हालतमा नरोकिने प्रष्ट पारे । ‘राजनीतिक स्थिरता, आर्थिक समृद्धि र परिवर्तनलाई सम्बोधन गर्न प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचित हुनु सान्दर्भिक हुन्छ । देशभरिबाट सुझाव पनि आएको छ, यो विषय छलफलमै छ, सहमति भइसकेको छैन, तर हामी यही कारणले संविधान निर्माण प्रक्रिया रोक्ने छैनौँ, कुरा मिलेन भने पनि संविधान निर्माणलाई रोकेर फेरि बहस गर्नेतिर लाग्दैनौँ’ उनले भने । अध्यक्ष दाहालले मधेस केन्द्रित दल तथा संविधानसभा बाहिर रहेका दलहरुको भावनाअनुरुप सङ्घीयताको सीमाङ्कनसहितको संविधान ल्याइनुपर्छ भनेर अधिकतम सहमति खोज्ने प्रयास भइरहेको र त्यस विषयमा आफूले मधेसी प्रमुख नेताहरुसँग कुराकानी गरेकामा उनीहरु सकारात्मक रहेको उल्लेख गरे । धार्मिक स्वतन्त्रताबारे जनताबाट विभिन्न सुझाव आएको हुनाले यसलाई पनि जनताको मनोभावनाबमोजिम शब्द संयोजन मिलाएर सबैलाई चित्त बुझाउनुपर्छ भन्नेतर्फ छलफल केन्द्रित रहेको उनले उल्लेख गरे । अध्यक्ष दाहालले संविधानमा प्रेसमाथि अङ्कुश लाग्ने कुनै प्रावधान राखिनुहुन्न भन्दै प्रेसको सन्दर्भमा मस्यौदा संशोधन भई पूर्ण प्रेस स्वतन्त्रता कायम हुने र प्रेसले पनि आफ्नो आचारसंहितालाई इमान्दारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको टोलीले संविधानको प्रारम्भिक मस्यौदामा प्रेससम्बन्धी राखिएका प्रावधान प्रेसलाई अङ्कुश लगाउने किसिमको रहेको भन्दै संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता राखिनुपर्ने मागसहितको ज्ञापन एमाओवादी अध्यक्ष दाहाललाई बुझाएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending