Life insurence
Khabar Dabali २८ बैशाख २०७८ मंगलवार | 11th May, 2021 Tue
Himalayan Golden detail page

कोरोना महामारी फैलियो, सावधानी छैन

चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् ।

सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन् । ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश मास्क लगाएको पाइँदैन ।

भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रोग फैलिएपनि सावधानी नरहेको बताउछन् । उनले भने, “विगतमा मानिसमा डर धेरै थियो, अहिले रोग फैलिए पनि डर हराएका कारण सावधानी छैन ।” यही अवस्था रहे स्वास्थ्य क्षेत्रमा जटिल अवस्था आउने उनले चेतावनी दिए । उनले भने, “अवस्था जटिल हुने देखिन्छ ।” कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छौँ भनेर कतिपय ढुक्क भएको बताउँदै उनले भने, “यस्तो व्यक्तिमा पनि सङ्क्रमण हुन सक्छ, रोग सार्न पनि सक्छन् ।”

सामान्यतया सङ्क्रमित व्यक्तिको छ फिट वरपर बढी जोखिम हुने भए पनि एउटै हलमा पङ्खा लगाएर बस्दा यो धेरैतिर फैलिने उाले जानकारी दिए । उनले भने, “जिल्लामा अहिले पङ्खा लगाएर कार्यक्रम भइरहेका छन् । यो निकै जोखिमपूर्ण छ ।” मानिसले मुखमा नभएर हातमा मास्क बोकेर हिड्ने गरेको भन्दै उनले यस्तै अवस्था रहे आगामी दिन झ डरलाग्दो भयावह हुने बताए ।

भारतीय क्षेत्रबाट रोग छल्न यहाँ आउने लहर बढेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिए । जिल्लामा सङ्कलन भएका नमूना बाहिर नपठाएकाले कोरोनाको परिवर्तित रुप हो वा पुरानै हो भन्ने यकिन नभएको उनको भनाइ छ । उनले अगाडि भने, “नयाँ परिवर्तित भएका कारण पनि यहाँको प्रयोगशालाले नदेखाएको हुन सक्छ ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हिँड्डुल गर्ने आधाले पनि मास्क नलगाएकाले जोखिम उच्च रहेको बताए । स्वास्थ्य निर्देशिका पालना नभएको भन्दै उनले सावधानी नअपनाउँदा भयावह हुन सक्ने चिन्ता व्यक्त गरे । उनले भने, “जिल्लामा दैनिक १० भन्दा बढीमा अहिले सङ्क्रमण देखिएको छ । यो दिनहुँ बढ्ने अवस्थामा छ ।”

व्यक्ति स्वयंले रोगको जटिलताको बारेमा नबुझेसम्म नियन्त्रण कठिन भएको भन्दै उनले नागरिकलाई बुझाउनै नसकिएको गुनासो गरे । भीडभाड गरेर कार्यक्रम नगर्न भनिएको भए पनि पालना हुन नसकेको तिवारीको भनाइ छ ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेडेण्ट डा जगन्नाथ तिवारी बिरामी थपिने क्रम जारी रहेको बताउछन् । उनका अनुसार भरतपुर अस्पतालमा मात्रै अहिले २२ जना सङ्क्रमित रहेका छन् । अस्पतालले १० श्ययाको सघन उपचार कक्षसहित ६३ श्यया कोरोना सङ्क्रमितका लागि छुट्याएको छ । निजी दुई मेडिकल कलेजले पनि सङ्क्रमितको उपचार गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्वास्थ्य निर्देशिका पालना गर्न जिल्लावासीलाई सूचना जारी गरेको भए पनि पालना हुन नसकेको बताए । विभिन्न क्षेत्रका सरोकारवालासँग दैनिक छलफल भइरहेको भन्दै उनले हालसम्म भने कडाइका साथ प्रतिबन्धहरु भने लगाई नसकिएको जानकारी दिए ।

बिरामी उपचारका लागि सरकारी र निजी क्षेत्रलाई तयारी गर्न लगाइएको भन्दै उनले हालसम्म उपचार गर्न कुनै समस्या नरहेको बताए । सङ्क्रमण थप फैलिँदै गएमा गर्नुपर्ने तयारी गर्न अस्पताललाई निर्देशन दिएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म सात हजार ५९ सङ्क्रमित भएकोमा छ हजार ८१८ निको भएका छन् । हाल सङ्क्रमित १२७ रहेका छन् । तीमध्ये २६ जना अस्पतालमा छन् भने १०१ होम आइसोलेशनमा रहेका छन् । हालसम्म जिल्लाका ११४ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page