Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

लहान । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उहाँले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।” घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कतियप व्यक्ति छिट्टै पक्राउ पर्ने उहाँको दाबी थियो ।

मृतक परिवारलाई प्रदेश सरकारले छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने बताउनुहुँदै मन्त्री यादवले हरेक नागरिकको सुरक्षाका लागि सरकार र सुरक्षा निकाय कटिबद्ध रहेको उल्लेख गरे । सो क्रममा मृतक विश्वकर्माको परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

“परिवारमा दाजु एक्लै कमाउने हुनुहुन्थ्यो”, मृतक प्रदीपका भाइ सञ्जीवले भने, “अपराधीले सम्पत्ति लुटेर दाजुको हत्या गरेपछि उहाँका तीन छोराछोरी टुहुरो भएका छन्, उनीहरूको पालनलालन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” त्यसैले सरकारको यसतर्फ ध्यान पुगोस् उनको दुखेसो थियो ।

सिरहाको लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुन चाँदीका गरगहना तथा नगदसहित करिब रु २५ लाख मूल्य बराबरको सम्पत्ति लुटपाट गरी गोली हानी हत्या गरेका थिए । लुटपाटका क्रममा लुटेरा समूहले व्यवसायी विश्वकर्माकी श्रीमती अमृतालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

यसैबीच आजै कानूनमन्त्री यादवले गत सोमबार साँझ लुटपाट भएको लहान नगरपालिका–७ निवासी राजेश शारडाको घरमा पुगेर घटनाबारे जानकारी लिएका छन् । लुटेरा समूहले शारडाको घरको सदस्यलाई बन्धक बनाएर कारसहित सुन चाँदीका गहना लुटेर लगेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending