Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा शुरु

वाग्मती । हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ ।

शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए । अस्पतालमा ल्याब्रोटोरी मेसिनका माध्यमले क्यान्सर पत्ता लगाउन शुरु गरिएको हो । रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर, अण्डकोष र पुरुषको प्रोस्टेड परीक्षणका लागि काम शुरु गरिएको उनले बताए ।

रगतका माध्यमले पत्ता लगाइने क्यान्सर जचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उनले बताए । सरकारी अस्पताल बाहिर परीक्षण गर्दा तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभावकारी हुने उनले जानकारी दिए ।

यसैगरी शरीरको हड्डी कमजोर भएकालाई भिटामिन डी र शरीरमा भिटामिनको मात्रा पुग्छ कि पुग्दैन भनेर गरिने डी १२ कोे परीक्षण पनि शुरु गरिएको छ । हेटौँडा अस्पतालमा एकपछि अर्को सेवा थपिँदै जानाले मकवानपुरसहित छिमेकी चितवन र बारा जिल्लवासीका लागि सामान्य बिरामी हुँदा पनि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, फिजियोलोजिष्टलगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका छन् । सरकारी मान्यताअनुसार ५० शय्याको यस हेटौँडा अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ । अस्पतालमा मकवापनुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन् । बिरामीको नियमित उपचारबाहेक हेटौँडा अस्पताललले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत यस अस्पतालबाट सेवा प्रभाव गर्ने गरिन्छ ।

वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ चिकित्सक तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न गरेको छ । अस्पतालमा ५२ मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending