Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता: मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताएका छन् । नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गरेका छन् । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्यचासो रहेको उनले बताएका छन् ।

आज मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, “नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हामी सबै नेपालको विकास र समृद्धिको महाअभियानमा छौँ । विकास र समृद्धिको यो महाअभियान पूरा गर्न सम्पूर्ण शक्तिका साथ प्रदेश सरकार लागी परेको छ । कर्णाली सरकारले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सरकार गठन भएपश्चात् हालसम्म एक हजार २५० किमी सडकको नयाँ ट्र्याक निर्माण, १६७ किमी सडक ग्राभेल, २८ किमी कालोपत्रे गरेको छ ।”

त्यस्तै प्रदेश राजधानी सुर्खेतमा चक्रपथ निर्माण र सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थलको स्तरोन्नति, कर्णाली प्रदेश विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रसारण लाइन सबै जिल्ला सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कार्य अघि बढाइएको र प्रसारण लाइन पहुँचविहीन क्षेत्रमा सौर्य विद्युत् प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको उनले बताएका छन् ।

मुख्यमन्त्री शाहीका अनुसार विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ यससम्बन्धी गुरुयोजना निर्माण गर्नुका साथै स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षालगायत संविधान प्रदत्त नागरिकका मौलिक हक सुनिश्चितताका लागि प्रदेश सरकार अहोरात्र खटिरहेको छ । नागरिकलाई रोजगारी सृजना गर्ने उद्देश्यले हरेक वडामा रु ३३ लाखदेखि रु ६५ लाखसम्म पुग्नेगरी मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत प्रदेशभरका ७१८ वडाका लागि रु दुई अर्ब ९८ करोड बजेट निकासा गरिएको छ ।

उनले प्रदेश सरकारसामु आइलागेका सबै बाधा, अवरोध र चुनौतीलाई पन्छयाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक समृद्ध र समाजवादी देश निर्माणमा सफलता हासिल गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies