Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कोरोना विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि आग्रह गरेका छन् ।

“सिङ्गो मानवजगत् यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाइँमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीति अपनाइरहेको यहाँहरूलाई विदितै छ । यो लडाइँमा सम्पूर्ण देशवासीको सकारात्मक सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ”, उपप्रधानमन्त्री पोखरेलले सन्देशमा भनेका छन्, “कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गरी प्रत्येक व्यक्ति, नागरिक समाज, समुदाय सबैले ‘आफू बाँचौँ र अरूलाई बचाऔँ’ भन्ने भावनाका साथ स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्डहरू कडाइका साथ पालना गरी–गराई एकजुट भई कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानमा सबैको सदाझैँ सहयोग र स्वास्थ्य मापदण्डको परिपालनाको जरूरत रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउनुहुन अनुरोध गर्दछु ।”

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न एकताबद्ध हुन सम्पूर्ण नेपालीलाई नयाँ वर्षले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending