Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मध्यरातमा सूचना टाँसेर सेवा नदिएपछि यातायात कार्यालय बिहानैदेखि तनावग्रस्त

\"yatayat\"११ साउन, काठमाडौं । मध्यरातमा सूचना टाँसेर सेवा नदिएपछि यातायात व्यवस्था विभाग बाग्मती अञ्चल कार्यालय आज बिहानैदेखि तनावग्रस्त बनेको छ । लाइसेन्स बनाउनका लागि फर्म भर्ने, लिखित परिक्षा दिने जस्ता कामका लागि बिहानैदेखि लाइनमा बसे पनि कम्प्युटर बिग्रेको बहानामा कार्यालयले सूचना टासेपछि कार्यालयमा आएका सेवाग्राही आक्रोसित बनेका छन् । वैशाख १२ को भूकम्पपछि अन्य अञ्चल कार्यालयबाट लाइन्सेन्ससम्बन्धी काम रोकिएपछि बाग्मती अञ्चल कार्यालय ललितपुरको एकान्तकुनामा बिहानैदेखि सेवाग्राहीको भीड लाग्ने गरेको छ । तर, कार्यालयले कम्प्युटर बिग्रेको बहाना पारेपछि टाढाटाढा र रातीदेखि नै लाइनमा बसेको सेवाग्राही समस्यामा परेका हुन् । कम्प्युटर बिगियो भने पनि कार्यालयको कम्पयुटरको सर्भर दिने कम्पनीलाई कार्यालयले पैसा नदिंदा उसले सेवा नै बन्द गरेको स्रोतको दाबी छ । यस अघि पनि कार्यालयको सर्भरवालासँग यस्तै घटना भएको थियो । अन्य स्थानमा लाइन्सेन्सकोकाम नहुने  भएकोले कंचनपुरबाट आएका रमेश कडायतले बिहान एकाएक सेवा नदिएको भन्दै आफू समस्यामा परेको बताए । कम्प्युटर बिग्रिएका कारण तत्लका सेवा दिन नसकिने सूचना कार्यालयले टाँसेको छ । तर आक्रोसित सेवाग्राहीले कार्यालयका झ्यालका केही सिसासमेत फुटाएका छन् । नियमित काम हुँदा पनि दलालहरुलाई पैसा नखुवाई काम गर्नै कार्यालयमा अप्ठ्यारो छ । दलालविनै कामका लागि गए कर्मचारीले ढिलाई गरिदिने  र घण्टौंसम्म कुराइदिने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending