Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

वेलिङ्टन । न्यूजील्यान्डले आगामी अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान शुरु गर्ने घोषणा गरेको छ ।

दुई छिमेकी मुलुकबीच प्रारम्भ हुन लागेको हवाई मार्गबाट यात्रा गर्नेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन । कोरोनाभाइरस महामारीका कारण दुबै मुलुकमा अलपत्र परेका र आफन्तजनलाई भेटघाट गर्न यो सुविधाले ठूलो मद्दत पुग्नेछ । साथै कोरोनाका कारण सङ्कट व्यहोरी रहेको पर्यटन उद्योगलाई पनि यसले राहत दिने विश्वास गरिएको छ ।
दुबै मुलुकले कडा लकडाउन गरी कोरोनाभाइरसको प्रसार रोक्न ठूलै सफलता हासिल गरेका थिए । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आफ्ना स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियाबाट कोरोना संक्रमण हुने खतरा निकै न्यून रहेको र अब यात्रा निकै सुरक्षित रहने बताएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री आर्डेनले भने, “हवाई उडानको थालनीले अर्थतन्त्रलाई पुनः गतिशील तुल्याउन मद्दत गर्नेछ र यात्राका क्रममा भाइरसको संक्रमण रोक्न उच्चस्तरीय प्रबन्ध पनि गरिने छ ।”

अस्ट्रेलियाले यसअघि पनि न्यूजील्यान्डबाट अस्ट्रेलिया आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको थियो तर न्यूजील्यान्डले निकै सावधानी अपनाएको थियो । अस्ट्रेलियाबाट न्यूजील्यान्ड आइपुगेका हरेक व्यक्तिलाई दुई साताको क्वारेन्टिनमा बस्नैपर्ने नियम लगाइएको थियो ।

दुबै देशले विश्वका अन्य मुलुकसँगको यात्रालाई निकै कडा बनाएका थिए । कोरोना देखिएका मुलुकका नागरिक अस्ट्रेलिया आइपुगे उनीहरुलाई कडा क्वारेन्टिनमा राख्ने गरिएको थियो ।

क्विन्सल्यान्डस्थित दी काउ रेस्टुराँका मालिक माल प्राइसले यस वर्ष आफ्नोमा ८० प्रतिशतले ग्राहक घटेको बताए । उनले अब बिस्तारै व्यवसायले गति लिने विश्वास व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies