Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

काठमाडौँ । पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्र नेपाल ट्रेकिङ, ट्राभल्स, जलयात्रा, वायुसेवा, संस्कृति, पुरातत्व, कार्गो, कुरियर श्रमिक युनियन(यूनिट्राभ) का श्रमिकहरुको एक प्रतिनिधिमण्डलले संस्कृतिमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

कोरोना महामारीपछि अस्तव्यस्त पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँंदै आज पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने ‘एफआइटी टिम्स’ बन्द गर्नुपर्नेलगायत माग श्रमिकको छ । यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी –विदेशी गाइडबीचको विभेद, हेलिकप्टर उद्धारमा हुने विभेद र विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई ध्यानमा राखी आपत्कालीनावस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । नेचर गाइड र सफारी श्रमिकका कार्य व्यवस्थित गर्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवन रक्षाका लागि राहत र विनाधितो सहुलियपूर्ण ऋण दिनुपर्ने, महिला पथप्रदर्शकमाथि हुने विभेद अन्त्य गर्नुपर्ने, पदमार्ग क्षेत्रमा रहेको एकाधिकार अन्त्यलगायत विषय पनि उठाइएको छ ।

पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विकासका माग अध्ययन गरी कार्यान्वयन गर्न प्रयास गरिने आश्वासन दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies