Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

विद्युत् प्राधिकरण भरतपुर केन्द्रअन्तर्गत सबस्टेशनको क्षमता बढाइयो

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेरै क्षमता वृद्धि गरिएको हो । भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको जानकारी दिए । उनले ८०० एम्पियर क्षमतालाई बढाएर एक हजार ५०० बनाइएको बताए । उनका अनुसार सबस्टेशनमा सर्वसाधारणका लागि नौवटा र कोकाकोला कम्पनीका लागि एउटा छुट्टै गरी जम्मा १० फिडर रहेका छन् । उक्त फिडरका लागि दुईवटा इनकमर छन् ।

एउटा इनकमरमा ओभरलोड भएर ट्रिप हुनेबित्तिकै पाँचवटा फिडरको विद्युत् काटिन्थ्यो । आधा जिल्लाभर विद्युत् कटौती हुने गर्दथ्यो । उनका अनुसार अहिले नै इनकमर फूल लोडमा थियो । “अहिले नै ८०० एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मीयाममा ९०० एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो । यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन”, उनले भने, “त्यसैले हामीले क्षमतालाई बढाएका हौँ ।” आठ सय एम्पियरबाट एक हजार ५०० एम्पियर गणितीय नियमका आधारमा बढाइएको उनले बताए ।

अब क्षमता बढाएपछि गर्मीयाममा ओभरलोड भएर विद्युत् कटौती हुने समस्या नआउने सापकोटाको भनाइ छ । भरतपुर सबस्टेशन चितवनको मुख्य र ठूलो सबस्टेशन हो । यहाँ ट्रान्समिसनको लाइनलाई ल्याएर कम भोल्टेज बनाई अन्य सहायक सबस्टेशनमा पठाइन्छ । माडी, चनौली र टाँडीमा सहायक सबस्टेशन रहेका छन् ।

भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध

नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ । केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह रहेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ । जिल्लामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठीजस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दूरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होलीपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies