Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

माओवादी स्थायी कमिटी बैठक जारी : सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने बारे अन्योल कायमै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा जारी रहेको छ । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भएको नेकपालाई मान्यता नदिएपछि साविक पार्टीमै फर्किएको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने विषयमा अलमलमा रहेको छ । केपी–प्रचण्ड नेतृत्वको नेकपा भंग भएसंगै दुवै दल साविक पार्टीमा फर्किएपछि सरकारलाई दिएका समर्थन के गर्ने भन्ने विषयमा माओवादी केन्द्र अर्निणित देखिन्छ ।

अलमलबीच बसेको स्थायी कमिटीको बैठकको एजेण्डा बारे माओवादी केन्द्रले केही नखुलाए पनि विकसित राजनीति घटनाक्रम, संगठनात्मक स्वरुप र सत्तासमिकरणमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

अदालतको फैसलापछि अल्पमतमा परेको सरकारलाई माओवादीले नै टिकाइरहेको आरोप खेपिरहेको अवस्थामा आजको बैठक बारे चासो बढेको छ । ओली सरकारलाई जसरी पनि विस्तापित गर्ने सोचमा रहेको माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व लिन नेपाली कांग्रेसलाई प्रस्ताव गरेको छ । तर, परिस्थिति अनुकुल नभएको भन्दै कांग्रेसका सभापति शेर बहादुर देउवा सरकार बनाउने मुडमा नदेखिएपछि माओवादी अब कसरी अगाडि बढ्ने भन्नेमा अन्यौल रहेको देखिन्छ ।

सत्ता साझेदारबारे कांग्रेस र जसपाले कुनै निर्णय लिन नसकेको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिदा केपी ओली नै दोहोरीन सक्ने भय माओवादीलाई रहेको कतिपयको बुझाई रहेको छ । त्यसै भएर उसले नरुचाएको पात्र आलीलाई समर्थन दिइरहनु परेको छ ।
माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।

‘आजको बैठकमा समर्थन फिर्ताबारे पनि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने, ‘पार्टीहरुबीचको छलफल, नयाँ सरकार लगायतका विषयमा छलफल भएपनि निर्णय के हुन्न भन्न सक्ने अवस्था छैन ।’
संसदमा विपक्षी दलहरुले ओली सरकारको विकल्प दिन नसक्दा संसद पुनस्र्थापना भएको लामो समयसम्म पनि ओली नेतृत्वले निरन्तरता पाइरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending