काठमाडौ । राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।
मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने मन्त्री गुरुङले जानकारी दिए । त्योसँगै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने उनले बताए । उनले भने, “बङ्गलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ ।”
सरकारले नेपाल र बङ्गलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्री गुरुङले पर्यटनसम्बन्धी समझदारीमा समेत हस्ताक्षर गरिने बताए । सरकारले चैत १० देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने दिगो विकाससम्बन्धी आठौं एसिया–प्रशान्त मञ्च विषयक भर्चुअल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै, वैशाख १४ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घ, एशिया प्रशान्त आर्थिक सामाजिक परिषद्को ७७औँ सेशनमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने समेत निर्णय गरेको छ ।
सरकारले जापान सरकारले उपलब्ध गराउने झण्डै रु एक अर्ब आठ करोड बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडकको निर्माण तथा स्तरोन्नति गर्न कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाअन्तर्गत विभिन्न सामुदायिक वनहरूको २५३ दशमलव ३६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । त्यहाँ रहेका १९ हजार ६६ रुखपोलहरू हटाउन स्वीकृति दिइने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले ढुङ्गा, गिट्टी, बालुवाजस्ता साधारण निर्माणमुखी वस्तुहरूको उत्खनन्, सङ्कलन, बिक्री व्यवस्थापन तथा सोसँग सम्बन्धित विषयहरूको नियमनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशलाई लिजमा दिन स्वीकृति दिने निर्णय भएको छ ।
सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा अमरगढी विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल (तामाङ) लाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएको कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड नगरपालिका–९ का स्व चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका–१ का स्व रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने निर्णय भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: