Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु, अमेरिकामा १० करोडले लगाए खोप

पेरिस । फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो ।

उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गरेका छन् ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।

युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाई सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान शुरु गर्ने बताएका छन् ।

फ्रान्समा कोभिड–१९ को संक्रमण फैलिएसँगै शनिबार रातिदेखि एक महिने सीमित लकडाउन शुरु भएको छ । फ्रान्समा चार महिनायता एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

पेरिसमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन् । यद्यपी, विद्यालयहरु भने खुला गरिने र घरबाट १० किलोमिटरसम्म मात्र यात्रा गर्न स्थानीयवासीलाई अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ । ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्वीडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेका हुन् ।

अस्ट्राजेनिकालाई हाल कोभाक्समा समावेश गरिएको छ । कोभिड विरुद्धको खोपलाई विश्वका विभिन्न मुलुकमा समान रुपमा वितरण गर्न कोभाक्सले मद्दत गरिरहेको छ ।

उता, फिलिपिन्सका औषधि नियामक निकायले रुसले विकास गरेको स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । फिलिपिन्सले ५० लाखदेखि एक करोड डोज खोप लिने योजना बनाएको छ ।

संयुक्तराज्य अमेरिकाले आफ्ना छिमेकी मुलुकहरु मेक्सिको र क्यानडालाई मद्दत गर्न लाखौं डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउने तयारी गरेको अमेरिकी प्रशासनले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले २५ लाख डोज मेक्सिको र १५ लाख डोज क्यानडालाई उपलब्ध गराउन लागेको पुष्टी पारे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending