Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

सूर्यविनायकस्थित त्रिवेणी खोलाको पुल उद्घाटन

भक्तपुर । विकासले मुहार फेर्दै गरेको सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित पलासे–डोलेश्वर सडकखण्डको त्रिवेणी लामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेतले बिहीबार पुल उद्घाटन गरे ।

सांसदसमेत रहनुभएका बस्नेतको पहलमा आएको रु ८१ लाखको बजेटमा २०७६ फागुनबाट निर्माण शुरु भई हालै सम्पन्न आठ मिटर चौडा उक्त पुल निर्माणसँगै अब यस क्षेत्रमा यातायातका साधन सञ्चालनमा सहज हुने बताए । उनले नयाँ स्मार्टसिटीका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै कभर्डहल र राष्ट्रियस्तरको रङ्गशाला बन्नेमा ढुक्क हुन आग्रह गरे ।

गैसस भक्तपुरमा न्यौपाने

गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखाको सातौँ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतामा शाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचित गरेको छ ।

बिहीबार सम्पन्न अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट हराउँदै न्यौपाने अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले जानकारी दिए ।

संस्थाको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा पहलमान श्रेष्ठ र उपसचिवमा विजयप्रसाद धौभडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा दिपेश बिसुङ्खे, सुशीला चौलागाईँ, जयराम पक्का नेवार, हरिशरण बाँस्तोला र मनिषा लामिछाने निर्वाचित भएको सुवालले जानकारी दिए । निर्वाचित टोलीले सपथग्रहण, प्रमाणपत्र प्रदान एवं पदभार ग्रहण गरेको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies