पाली (अर्घाखाँची), अर्घाखाँचीको पाली गाविसमा बस्दै आएका अमिर हाम्जा मुस्लिम समुदायका अगुवा नेताका रुपमा चिनिन्छन् ।
उहाँले कार्यकर्ता भेटघाटका लागि पाली पुग्नु भएका नेपाली काँग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाललाई दुर्गा देवीको मन्दिर निर्माणका लागि बजेटको व्यवस्था गर्न माग गरे । बोलीमा मात्र हैन हाम्जाले मन्दिर रहेको पाली–२ थाममा लगी मन्दिरको अवलोकन गराउँदै दसैँको त्रयोदशी र तीजको पञ्चमीमा विशेष मेला लाग्ने जानकारी गराउँदै मन्दिरको स्तरीकरण गर्न र चौपारी निर्माणका लागि बजेट व्यवस्था गर्नका लागि समेत माग गरे । अमिर मात्र हैन मन्दिर निर्माणका लागि आग्रह गर्दै मन्दिरको अवस्था देखाउन स्थानीय बाबुराम प्राविका प्रधानाध्यापक खबरमहमद अन्सारीसँगै केही मुस्लिम समुदायका व्यक्तिहरु र शिक्षक चिरञ्जीवी पौडेल पनि साथमा थिए । उनीहरुको आग्रहअनुसार मन्दिरका लागि बजेट व्यवस्थापनमा सहयोग गर्ने काँग्रेस सभापति भुसालले प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी अञ्चलको पहाडी जिल्ला भएर पनि यहाँ हिन्दु धर्म र मुस्लिम धर्म मान्ने मानिसबीच आपसी मेलमिलाप र सद्भाव छ भन्न खोजिएको यो एक उदाहरण मात्र हो । पाली गाविसमा हिन्दु र मुस्लिम धर्म मान्ने मानिसको जनसङ्ख्या लगभग बराबरी छ । दुवै धर्म मान्ने मानिसबीच आपसी सद्भाव, एकता र मेलमिलाप रहेको छ । दुवै समुदायका बासिन्दाबीच मेलमिलाप रहेको बताउँदै तीजको गीतमा मुस्लिमले नाच्ने गाउने र बजाउने गर्दछन् । मुस्लिमको पर्व कहरममा हिन्दुले पनि पाइजा र चिनी चढाउने गर्दै आएका स्थानीय कमला माविका प्रधानाध्यापक गोविन्दराज पन्थीले बताए । उनले महरम पर्वमा पाइजा र चिनी मात्र नचढाई नाच्ने र गाउने पनि गरेको बताए । हिन्दुका भोजभतेरमा पनि मुस्लिमलाई बोलाउने र उनीहरुको पर्व बकरइदमा गएर आफूहरु पनि भोज खाने गरेको पालीका समाजसेवी अगुवा राजेन्द्र पौडेलले बताए । आपसी भाइचाराको सम्बन्ध दुवै समुदायमा रहेको बताउँदै उनले कहिले पनि यो धर्म र त्यो धर्म भनेर केही कुरामा विवाद नरहेको बताए । आफूले पनि स्थानीय मदरसामा पढाइ हुने उर्दू भाषा सिक्ने कोसिस गरिरहेको बताए । चार हजार २१९ जनसङ्ख्या रहेको पालीमा ५७३ मुस्लिम धर्म मान्ने मानिस बस्दछन् । यहाँ धेरै वर्षदेखि स्थानीय स्तरमा हुने विकास निर्माणका काममा मात्र हैन ऐँचोपैँचो, सरसापट, बिहे र भोजभतेरमा समेत एकले अर्कोलाई बोलाउने गरेको स्थानीय बाबुराम प्राविका प्रधानाध्यापक खबर महमद अन्सारीले बताउनुभयो । एक लाख ९७ हजार ६३२ जम्मा जनसङ्ख्या रहेको अर्घाखाँची जिल्लाका पाली, चिदीका, बल्कोट, वाङ्गला, सन्धिखर्कलगायत गाविसमा गरी एक हजार ७७३ मुस्लिमको जनसङ्ख्या रहेको छ । विश्वका केही देशमा धर्मका नाममा चर्को विवाद रहँदै आएको छ । तर अर्घाखाँचीका कुनै स्थानमा अहिलेसम्म धर्मका नाममा झैझगडा भएको छैन । आपसी सद्भाव र एकताबाट नै बस्दै आइरहेका छन् । पहाडी जिल्ला अर्घाखाँचीमा देखिएको भाइचाराको सम्बन्ध प्रगाढ र बलियो छ । यस्तै सम्बन्ध जहाँतहीँ कायम हुनुपर्नेमा विमति देखिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: