Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार हुने

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका लागि महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

“कोरोना महामारीको समयमा बन्द रहेका सटर खुलाउन, चिनियाँ नाकामा देखिएका समस्या सुल्झाउन र राज्यका तर्फबाट बनाइएका असहज नीतिको विरोधमा महासङ्घले एकढिक्का भएर काम गरेको छ”, उनले भने । यस्तै महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने ऋणको ब्याजदर तथा घरबहालको विषयमा देखिएका समस्या समाधानका लागिसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।

विसं २०७४ मा स्थापना भएको महासङ्घमा देशभरका २१ सङ्घको आबद्धता रहेको छ । महासङ्घको साधारणसभासँगै नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । महासङ्घमा देशभरका १० हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध छन् । महासङ्घको नयाँ नेतृत्वका लागि बुधबारै उम्मेदवारी दर्तासमेत भइसकेको छ । महासङ्घको भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष माधव खरेल र महासचिव अञ्जन शाक्यले उम्मेदवारी दर्तासमेत गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष कार्की नेपाल व्यापार सङ्घ, उपाध्यक्ष खरेल एकता व्यापार सङ्घ र महासचिव शाक्य रञ्जना व्यापार सङ्घका अध्यक्ष हुन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending