Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

एमाले विवाद : संवादपछि पनि समानान्तर गतिविधि यथावत्

यसरी तय भएको थियो धुम्बाराही बैठक

काठमाडौं । चुलिएको आन्तरिक विवाद मत्थर पार्न सोमबार छलफलमा बसेका सत्तारुढ एमालेका शीर्ष नेताहरू विनानिष्कर्ष उठेका छन् । दुवै समूहले समानान्तर गतिविधि जारी राख्ने भएका छन् ।

आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - सोमबारको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्नो अडानमा टसमस नभएपछि वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूह ४ र ५ चैतमा बोलाएको कार्यकर्ता भेला नरोक्ने निष्कर्षमा पुगेको छ । ओली समूहले मंगलबार बोलाएको चियापान पनि यो समूहले बहिष्कार गर्ने भएको छ । संकट समाधानका लागि प्रधानमन्त्री ओलीको पहलमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच छलफल भएको थियो । तर, बैठकपछि नेताहरूले दिएको प्रतिक्रिया र अगाडि बढाएका गतिविधिबाट संकट थप गहिरिने देखिएको छ ।

बैठकबाट निस्किए लगत्तै केन्द्रीय नेता र सांसदहरूलाई ब्रिफिङ गर्न पुगेका नेता नेपालले आफ्नो पक्षका भेला र कार्यक्रमलाई निरन्तरता दिन तथा भव्य रूपले सफल पार्न निर्देशन दिएका छन् । साँझ यो समूहका अधिकांश नेताले ४ र ५ चैतका लागि आयोजना गरिएको राष्ट्रिय भेलाका पोस्टर एकै पटक सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको छलफलबाट निस्कँदै गर्दा पनि नेता नेपालले सकारात्मक कुराकानी नभएको बताएका थिए । ‘छलफलको सुरुवात निकै मीठो भयो, तर अन्त्य भने अत्यन्तै टर्रो भएको छ । हामीले २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्यमा पु¥याइदिऊँ भनेपछि सहमति जुटेन,’ उनको भनाइ थियो ।

५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेदेखि प्रस्ट रूपमा अलग–अलग बाटो लागेका नेताहरू सर्वोच्च अदालतको पार्टी आधिकारिकतासम्बन्धी फैसलाले पुनः एकै ठाउँमा आउने परिस्थितिमा पुगेका थिए । तर, २८ फागुनमा ओली पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थप्नेदेखि नेताहरूको जिम्मेवारी हेरफेर गर्नेसम्मका निर्णय गरेपछि दुई खेमाबीच थप दूरी बढेको थियो ।

नेता नेपालका अनुसार छलफलमा उनको समूहले सर्वोच्च अदालतको फैसलाअनुसार एमालेको संरचना ३ जेठ ०७५ अघिकै अवस्था हुनुपर्ने प्रस्ताव गरेको थियो । त्यहीअनुसार पदाधिकारी र सदस्यहरू यथावत् रहनुपर्ने उनीहरूको माग थियो । तर, त्यसमा ओली समूह तयार भएन । ‘हामीले एमालेलाई एकताबद्ध गर्न र अरू पार्टीलाई पनि समेटेर अघि बढ्न प्रस्ताव ग–यौँ । २८ फागुनमा भएको उहाँ (ओली) को गुट भेलालाई केन्द्रीय कमिटी नभनौँ भन्यौँ, उहाँले मान्नुभएन । त्यसैमा कुरा मिलेन,’ नेता नेपालले भने ।

बैठकमा ओलीले २८ फागुनको निर्णयलाई स्थगन नगर्ने बरु सुधार गर्दै अघि बढ्न सकिने बताएका थिए । छुट्टै भेला र सम्मेलन नगर्न, आफूले मंगलबार बोलाएको चियापानमा सहभागी हुन र ७ चैतको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन उनले आग्रह गरेका थिए । ‘प्रधानमन्त्री ज्यूले भेला नगर्न भन्नुभयो । एमाले एउटै पार्टी भइसकेपछि किन त्यस्ता फरक–फरक पक्षका राष्ट्रिय भेला राख्ने ? एमालेलाई बलियो बनाउँदै लैजाऊँ भन्ने अध्यक्ष ज्यूको भनाइ थियो,’ बैठकमा सहभागी ओली पक्षका नेता तथा प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

धुम्बाराहीको छलफलबाट निस्केर नेता नेपालले बानेश्वरस्थित अर्याल होटेलमा आफूपक्षीय नेताहरूलाई ब्रिफिङ गरेका थिए । आफ्नो समूहको पूर्वनिर्धारित कार्यक्रमलाई असफल बनाउन षड्यन्त्र भइरहेको भन्दै उनले राष्ट्रिय भेलालाई सफल बनाउन मिहिनेत गर्न निर्देशन दिएका थिए ।

ब्रिफिङमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले मंगलबार आयोजना गर्ने चियापानमा समेत जान आवश्यक नरहेको नेता नेपालले बताएका थिए । ‘यसलाई निर्णय नै त नभनौँ, तर उहाँ (नेता नेपाल)ले तत्काललाई पूर्वनिर्धारित कार्यक्रम सफल पार्न जुट्नुहोस् भन्नुभयो । केही कमरेडहरूलाई ४ र ५ गते हुने राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यपत्र र हाम्रा कार्ययोजना तयार गर्न भन्नुभयो,’ ती केन्द्रीय सदस्यले भने ।

स्रोतका अनुसार छलफलको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले एमाले मात्रै होइन, माओवादी केन्द्रलगायत अन्य कम्युनिस्ट पार्टीहरूलाई समेत एक बनाउनुपर्ने धारणा राखेका थिए । त्यतिवेलासम्म वार्ताले सकारात्मक निष्कर्ष दिने अपेक्षा सहभागी नेताहरूको थियो । तर, जब नेता नेपालले २८ फागुनको बैठकको विषय झिके, त्यसपछि ओलीले ‘अगाडि बढिसकेको विषयमा समय बर्बाद गर्न जरुरी नभएको’ जवाफ दिए ।

नेपाल पक्षले सर्वोच्चको फैसलापछि पार्टी संरचनालगायत सबै अवस्था पूर्ववत् अवस्थामा पुगेकाले २८ गतेको निर्णय खारेज गर्नुपर्ने सर्तकै रूपमा अघि सा¥यो । ओली पक्षले भने समीक्षा गर्नुपर्ने धेरै विषय हुन सक्ने भन्दै निःसर्त ७ चैतको बैठकमा उपस्थित हुन भन्यो । एमाले महासचिवसमेत रहेका ईश्वर पोखरेलले त अर्याल होटेल र प्रचण्डसँग मिलेर २३ कात्तिकमा ल्याएको आरोपपत्रको समेत समीक्षा गर्नुपर्ने बताएका थिए ।

‘विषय २८ गतेको बैठकको मात्रै होइन, यसबीचमा विभिन्न गतिविधि भएका छन् । अर्याल होटेलमा छलफलहरू चलेका छन् । विभिन्न मितिमा बसेका बैठकका अनेक विषयहरू छन्,’ महासचिव पोखरेलले बैठकपछि भने, ‘यसअघि २३ कात्तिकको आरोपपत्र, अर्याल होटेलमा भएका छलफललगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ । यसबीचमा अनेक बैठकहरू भएका छन्, त्यसबारेमा पनि कुरा उठेको छ ।’

उपमहासचिव घनश्याम भुसालले छलफलमा चित्तबुझ्दो जवाफ नआएको भन्दै छलफल सार्थक नभएको प्रतिक्रिया दिए । ‘बैठकबाट व्यक्तिगत रूपमा मैले जुन अपेक्षा गरेको थिएँ, त्यो पूरा भएन । २८ फागुनमा अध्यक्ष ओलीले आफूसँग रहेका केही नेतालाई बोलाएर गरेको निर्णयबाट पछिल्लो विवाद सुरु भएको हो । हाम्रो प्रस्ताव यसबीचमा जे गर्‍यौँ, त्यसलाई शून्यमा राखौँ र पूर्ववत् अवस्थाबाट सुरुवात गरौँ भन्ने थियो,’ भुसालले भने, ‘त्यसैमा कुरा मिलेन । भेट भयो राम्रो भयो, तर कुराकानी र एजेन्डाको हिसाबले सार्थक भएन ।’

छलफलमा सहभागी अर्का नेता सुरेन्द्र पाण्डेले एमाले नै विभाजन गर्ने कुरा मान्य नहुने बताए । ‘हामीले यसअघि नै स्पष्ट भनेका छौँ, एमालेको विधानअनुसार भएका काममा साझा रूपमा समाधान गर्न तयार छौँ । देशभरका नेता–कार्यकर्तालाई पनि त्यसैअनुसार चल्न आह्वान गरेका छौँ,’ उनले भने, ‘तर, ओलीमा आफूले गरेका निर्णय जसरी भए पनि मानिहाल्नुपर्ने अडान छ ।’

ओली पक्षका प्रवक्ता ज्ञवालीले एमालेलाई बलियो बनाउन विभिन्न चरणमा नेताहरूबीच वार्ता जारी राख्नुपर्ने साझा निष्कर्षमा पुगिएको बताए । ‘सर्वोच्चको फैसलालाई अवसरका रूपमा लिएर एमालेलाई सुदृढ गर्दै लैजानुपर्छ । असन्तोषहरूलाई छलफलबाट समाधान गर्दै लैजानुपर्छ । एकताबद्ध र बलियो एमाले हुनुपर्छ भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने ।

छलफलमा अध्यक्ष ओलीसँगै उनको समूहबाट महासचिव पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रवक्ता प्रदीप ज्ञवाली र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । त्यस्तै, नेपाल–खनाल समूहबाट नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

भेलामा को–को सहभागी हुँदै छन् ?
वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले ४ र ५ चैतका लागि आयोजना गरेको राष्ट्रिय भेलामा देशभरका अगुवा कार्यकर्ता सहभागी हुने भएका छन् । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार देशभरिबाट तीन हजार नेता–कार्यकर्ता सहभागी गराउने गरी बोलाइएको भेलामा जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय सचिवालयका सदस्यहरू, प्रमुख र उपप्रमुख जनप्रतिनिधि, संघीय र प्रदेश सांसद, संविधानसभाका सदस्य र पूर्वसांसद, जिल्ला विकास समितिका सभापति–उपसभापति र पार्टीको केन्द्रीय निकायमा रहेका सहभागी हुनेछन् ।

नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलामा छलफलका लागि राजनीतिक अवधारणापत्र पनि लैजाँदै छ । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, डा. बेदुराम भुसाल, युवराज ज्ञवाली र योगेश भट्टराई रहेको पाँच सदस्यीय कार्यदलले अवधारणापत्र लेखन थालेको छ । ‘राजनीतिक अवधारणापत्रमा अहिलेको परिस्थितिको राजनीतिक विश्लेषण, अहिलेको राजनीतिक परिस्थिति निम्तिनुका पछाडिका कारण र आगामी कार्यभारलगायतका विषय समेटिने’ कार्यदलमा रहेका नेताहरूले बताएका छन् ।

भेलाको समन्वयका लागि नेताहरूको जिम्मेवारी समेत तोकिएको छ । जसअनुसार प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, कर्णाली र लुम्बिनीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावललाई भेला प्रयोजनका लागि इन्चार्जको जिम्मेवारी तोकेको छ । त्यस्तै, युवा फाँटमा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, प्रचारमा योगेश भट्टराई, महिलामा अष्टलक्ष्मी शाक्य र बुद्धिजीवीमा प्रमेश हमाललाई जिम्मेवारी तोकिएको छ ।

अढाई महिनापछि ओली–प्रचण्ड फोनवार्ता, भेटेरै संवाद गर्ने ओलीको प्रस्ताव
प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार टेलिफोन संवाद भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले अढाई महिनापछि प्रचण्डलाई फोन गरेका हुन् ।

यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्ष समेत रहेका ओली र प्रचण्डबीच भेट रोकिएको छ । उनीहरूबीच संसद् विघटन भएको दिन बिहान बालुवाटारमा भेटवार्ता भएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको एक सातापछि प्रधानमन्त्री ओलीले केही विषयवस्तुमा संवाद गर्न चाहेको भन्दै प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।

‘सोमबार बिहान प्रधानमन्त्रीज्यूको फोन आएको रहेछ । उहाँले भेटेरै केही विषयमा छलफल गर्न चाहेको र उपयुक्त समय (साँझ–बिहान) मा बालुवाटार बोलाउनु भएको रहेछ,’ प्रचण्डनिकट एक नेताले भने । फोन संवादमा प्रचण्डले अहिले पार्टी बैठक चलेको र छलफलका लागि महत्वपूर्ण विषयवस्तु समेत नरहेको बताएको उनीनिकट नेताको दाबी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies