Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

वाग्मती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा सो कार्यक्रम शुरु भएको हो । हेटौँडास्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतबार एक कार्यक्रमबीच वाग्मती प्रदेशका उक्त चार वटा स्थानीय तहसँग सडक निर्माण तथा सुधार कार्यक्रम लागि सम्झौता भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार वाग्मती प्रदेशमा ६० स्थानीय तहले यो कार्यक्रमका लागि माग पठाएकामा चार स्थानीय तहसँग सम्झौता भएको हो । परियोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

कार्यक्रमकको शुभारम्भका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको जिकिर गरे । उनले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्वको हुने बताए । कार्यक्रममा मन्त्री फुयाँलले जनताको जायज माग पूरा गर्न सरकार तयार रहेको बताए ।

चालु आर्थिक वर्षमा छनोट तथा समझदारी पत्रमा हस्ताक्षर भएका योजनाको क्रमशः विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र कम लम्बाइ भएका आयोजनाको निर्माण कार्य यसै वर्षबाट शुरु गर्ने कार्यालय प्रमुख चापागाईंले बताए । कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विक, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतको सहभागिता थियो ।

देशभरका ३९२ पक्की सडकको माग भए पनि ६१ स्थानीय तहमा अझै सडक पहुँच नपुगेको अनुमान छ । कार्यक्रममार्फत चालु आवको अन्तसम्ममा २० सडकको निर्माण कार्य शुरु गर्ने लक्ष्य लिइएको छ । पाँच वर्षभित्र चार हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा सडक पुलसहित करिब रु दुई खर्ब बजेट अनुमान गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies