Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

राजनीतिक दल जनअपेक्षाअनुसार चल्न सकेनन् : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् । शहीद दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले भने, “राजनीतिक व्यक्तित्वमा नागरिक भावना कम हुँदै गएको छ, उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको छ ।” बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै उहाँले अहिले राजनीतिमा अस्वस्थ्य लडाईं चलेको र जनअपेक्षाको उपेक्षा भएको टिप्पणी गरे ।

विद्यालयस्तरमा भक्तपुर नगरले लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गरिनुपर्ने बताउँदै उनले खेलाडीले खेलकूदका माध्यमबाट देशलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष बिजुक्छेले खेलकूद मित्रता र शारीरिक स्वस्थताका लागि अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्पmत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन प्रतियोगिता आयोजना गरेको चर्चा गरे । वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईंले तीस वर्षमा शासक दलले नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या जस्ताको तस्तै रहेको भनाइ राखे ।

त्यसअवसरमा भनपाका उपप्रमुख रजनी जोशी, भनपा–७ का वडाध्यक्ष उकेश कवां, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतले यस प्रकारको प्रतियोगिताले खेलाडीमा बौद्धिकता विकासमा टेवा पुर्याउने बताए । अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ नगरपालिकाको सहभागिता रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies