कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरु गरिएको छ । माछापुच्छ«े गाउँपालिकाको ‘लाइफलाइन’ समेत रहेको पोखरा महानगरपालिका–२५ हेमजा–खानेपानी मुहान–लुम्रे–सिदिङ सडक खण्ड (मनिलाल मार्ग) कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।
सडक निर्माणपछि माछापुच्छ«े गाउँपालिकाका नौ वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । कूल १५ किमी ९०० मिटर सडक मध्ये ११ किमी कालोपत्रे र बाँकीमा ग्राभेलको काम भइरहेको हो । मेलबोटदेखि लुम्रेसम्म कालोपत्रे र ढलान हुनेछ भने घलेल क्षेत्रमा ग्राभेलको काम अघि बढेको छ । विसं २०५३ मा सो सडकखण्डको ट्र्याक खुलेकामा २५ वर्षपछि पक्की कालोपत्रे सडक निर्माण शुरु भएको हो । हाल सो सडक खण्डको लुम्रे, खोराकोमुख क्षेत्रमा धमाधम कालोपत्रे भइरहेको छ ।
यसैगरी मेलबोटदेखि मर्दीपुलसम्मको धेरै स्थानमा ढलानको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनीयर नवराज शर्माले बताए । उनका अनुसार हालसम्म आयोजनाको ८० प्रतिशत हाराहारीमा काम सकिएको छ ।
गत वर्ष पुस मसान्तभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माण कम्पनीको ढिलासुस्ती र कोरोनाका कारण यही चैत मसान्तसम्मको म्याद थप गरिएको बताइएको छ । “थप गरिएको म्यादभित्र सडक सम्पन्न गर्नका लागि निरन्तर ताकेता गरिरहेका छौँ, प्रत्येक दिन प्राविधिकहरुले साइट निरीक्षण गरिरहनुभएको छ”, आयोजना प्रमुख शर्माले भने, “घलेल क्षेत्रमा संरचनाको केही काम बाँकी छ, अन्यत्र कालोपत्र शुरु भएको छ ।”
सडक स्तरोन्नति गरी कालोपत्र गर्नका लागि विसं २०७५ असार २९ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । गत वर्ष पुस मसान्तमा सो सडक निर्माण भइसक्नुपर्नेमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक तोकिएको समयभित्रमा सम्पन्न हुन सकेन । आयोजनाको रु २६ करोड एक लाख लागतमा हिमदुङ एन्ड थोकर र ड्रागन जेभीसँग सडक निर्माण सम्झौता भएको थियो । कालोपत्रे सडक नालीसहित आठ मिटर फराकिलो हुनेछ ।
गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिकालाई पोखरासँग जोड्ने प्रमुख सडक भएकाले छिटोभन्दा छिटोे निर्माण सम्पन्न गर्र्नका लागि आवश्यक समन्वय र सहजीकरणको काम गरिएको बताए । गत वर्ष सम्पन्न हुनुपर्ने आयोजना ढिलाइ भएकाले निर्माणका क्रममा आइपरेका समस्या समाधान गर्दै कामलाई अघि बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग भइरहेको उनको भनाइ छ ।
यसैगरी गण्डकी प्रदेश सरकारको बजेटबाट माछापुच्छ«े गाउँपालिकाको केन्द्र जोड्ने सडकको काम पनि हाल भइरहेको छ । पूर्वाधार विकास कार्यालयको रु १० करोड बजेटमा प्रदेश राजधानीबाट स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत सो सडकको काम अघि बढेको बतताइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: