पूर्व सन्ध्यामा ७० जनाभन्दा बढी शंकास्पद पक्राउ
काठमाडौं । प्रहरीले शिवरात्रिको अघिल्लो दिन ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दर्शनार्थीको सुरक्षालाई ध्यान दिँदै शंकास्पद व्यक्ति पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । विशेषगरी पाकेट मार्ने र चोरी हुन सक्ने सम्भावना रोक्न प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।
‘पशुपतिनाथ मन्दिर आसपासबाट ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । हिरासतमा राखी उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ,’ प्रवक्ता बस्नेतले नयाँ पत्रिकासँग भने, ‘२४ घण्टासम्म उनीहरू हिरासतमा रहने छन् । अनुसन्धानपछि केही नदेखिएकालाई छाडिनेछ । कैफियत देखिएकालाई मुद्दा चलाइनेछ ।’ बस्नेतका अनुसार पक्राउ पर्ने अधिकांश गाँजा सेवन गर्ने, गाँजा तथा लागुऔषधका कारोबारी र हुलहुज्जतमा संलग्न हुनेहरू छन् ।
शिवरात्रिलाई सुरक्षित बनाउन सात हजार प्रहरी परिचालन गरिएको छ । पशुपति आसपासमा सुरक्षा दिन उनीहरू सादा पोसाकमा खटिने छन् । पोसाकमा रहेका प्रहरीले विपत्मा परेका दर्शनार्थीको उद्धार गर्ने, लाइन व्यवस्थित गर्ने र भिडभाड हुन नदिने प्रयास गर्नेछन् । सादा पोसाकमा रहेका सुरक्षाकर्मीले शंकास्पद व्यक्तिमाथि निगगानी गर्ने, पक्राउ गर्न आवश्यक देखिएकाहरूको सूचना संकलन गरी सुरक्षा संयन्त्रमा खबर गर्ने तथा पक्राउ गर्न सघाउने छन् ।
काठमाडौं परिसरका प्रवक्ता एसपी बस्नेतले दर्शनार्थीको सुरक्षाका लागि सात हजार सुरक्षाकर्मी खटिने बताए । ‘पोसाक र सादा दुवै भेषमा सुरक्षाकर्मी खटिने छन् । सबैका काम परिभाषित गरिएको छ । सुरक्षा व्यवस्था चुस्त छ,’ प्रवक्ता बस्नेतले भने ।
ट्राफिक व्यवस्थापन प्रभावित हुने
पर्व अवधिभर पशुपतिनाथ मन्दिर आसपासमा ट्राफिक व्यवस्थापन प्रभावित हुनेछ । खासगरी चक्रपथ, चाबहिल–जोरपाटी, नयाँबानेश्वर, पुरानो बानेश्वर, रातोपुल, कालोपुल, भत्केको पुल, गौरीघाट र बौद्ध आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित हुनेछ ।
प्रभावित क्षेत्रमा ट्राफिक सहजताका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित हुने अवागमनलाई केही ठाउँमा डाइभर्सन पनि गरेको छ । मेलाभर आवागमन गर्ने सवारीसाधनले तोकिएको सडकखण्डबाट मात्रै सञ्चालन गर्न पाउने छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: