गलकोट । पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको छ । राजमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ । राजमार्गको अक्षेते खण्डदेखि बिहूँ–सुल्डाँडा–लेखानी जोड्न मूल सडकको ९०० मिटर सडक कालोपत्र गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।
गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ युग कन्सट्रक्शनलाई गत वर्षको फागुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो । एक वर्षमा सडकमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ । चालू आर्थिक वर्षको फागुनभित्र निर्माण सकिनुपर्ने भए पनि चिसो मौसममा कालोपत्र कम्पनीका आधिकारिक प्रतिनिधि कुमार कार्कीले जानकारी दिए ।
उक्त सडकमा ग्याविन भर्ने, सडक चौडा गर्ने, ग्राभेल तथा सब–बेसको काम सकिएको र एक हप्ताभित्र कालोपत्रको काम थाल्ने उनको भनाइ छ । “मौसम अझै चिसो छ, चैत महिनामा कालोपत्र थालिनेछ”, कार्कीले भने, “अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेकाले कालोपत्र छोटो समयमै सम्पन्न गर्नेछौँ ।”
सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु दुई करोड ३७ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङका इन्जिनीयर श्यामप्रसाद भण्डारीले जानकारी दिए । सो सडक साढे पाँच मिटर चौडा बनेको छ । मध्यपहाडी लोकमार्गको अक्षेते खण्डलाई जिरो किलोमिटर मानेर सुल्डाँडासम्मको करीब ९८२ मिटर सडक पहिलो चरणमा कालोपत्र हुनेछ । यो सडक कालोपत्र भएसँगै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र सुल्डाँडा कालोपत्र सडकले जोडिनेछ ।
ठेकेदार प्रतिनिधि कार्कीका अनुसार उक्त सडकमा १२० मिटर ढलान र बाँकी खण्डका कालोपत्र गरिनेछ । ढलानको काम सकिएको हुँदा कालोपत्रको काम तुरुन्त शुरु गर्ने उनले बताए । कालोपत्र गर्ने सडकमा सधैँ चिसो हुने भएकाले चैत नलाई कालोपत्र नगर्न प्राविधिकले दिएको सुझावका आधारमा कालोपत्रको काम केही ढिला भएको हो । यो सडक काठेखोला गाउँपालिकाको वडा नं ७ रेश, ८ लेखानी तथा ५ र ६ को पश्चिम भेगको प्रवेशद्वार हो । निकै भिरालो र जीर्ण सडकमा पटकपटक दुर्घटनासमेत हुँदै आएको थियो ।
पुरानो सडक स्तरोन्नति नभएकाले काठेखोला गाउँपालिका र वडा कार्यालयको समन्वयमा बजेट विनियोजन गर्न पहल भएको थियो । हरेक वडा कार्यालयदेखि गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र गर्ने गाउँपालिकाको योजनाको उक्त सडक सहयोगी बन्नेछ । अहिले गाउँपालिकाको केन्द्रबाट रेश वडा कार्यालय पुग्ने सडकको केही भाग कालोपत्र भइसकेको छ भने चार किलोमिटर सडकमा धमाधम पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: