काठमाडौ । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ रु यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पुर्याउनु होला । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ ।
वेल्जियममा रहेको व्यक्तिका नामको जग्गा त्यसैगरी गिरोहले नक्कली कागजात बनाएर बिक्री गरेका छन् । म्याग्दीकी मीना खड्काको नाममा दर्ता कायम रहेको काठमाडौँको थानकोटको कित्ता नं ४२८ र ४२६ को उनी वेल्जियममा रहेका बेला नक्कली नागरिकता र जग्गाधनी प्रमाणपूर्जा बनाई बिक्री तथा बैनापट्टा भएको खुलेको हो ।
प्रतिवादीले फोटो उप्काएर लक्ष्मी घतानीको फोटो टाँस गरी जग्गा बिक्री गरेका पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर एवं सङ्गठित अपराधमा अनुसन्धान जारी छ ।
गिरोहले उक्त जग्गा कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त श्रेष्ठसमेतका व्यक्तिलाई रु ७२ लाखमा बिक्री गरेका थिए । सोही जग्गा कुमार दाहाल खत्रीलाई राजीनामा पास गर्ने गरी २०७६ मङ्सिर ३० मा रु ३५ लाख बैना लिएको फेला परेको छ ।
सो जग्गा किर्ते गरी बिक्री भएको थाहा पाएपछि जग्गा खरीद गर्ने र जग्गाधनी गरी नौ जनाले दिएको जाहेरीका आधारमा नौ जनालाई विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान थालिएको बस्नेतले जानकारी दिए । सो कसुरमा संलग्न तीन सरकारी कर्मचारी हाल धरौटी तिरेर छुटेका र एक जना लेखापढी व्यवसायी फरार छन् ।
पक्राउ पर्नेमा काठमाडौँका विजयकुमार खड्का, धादिङका बालप्रसाद भट्ट, काभ्रे पनौतीका रामचन्द्र पुडासैनी भन्ने पुण्यप्रसाद काफ्ले, सङ्खुवासभाका इन्द्रबहादुर घले, रामेछापका बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको लक्ष्मी घतानी, ओखलढुङ्गाका विजयप्रकाश सुनुवार, सिन्धुलीका कृष्ण थापा भन्ने कृष्ण दर्लामी, झापाका कृष्णबहादुर कटुवाल रहेका छन् ।
यसअघि पक्राउ परेका कलङ्कीस्थित तत्कालीन मालपोत कार्यलयका कर्मचारी दिपक दाहाल, नारायण श्रेष्ठ र दीपा पङ्गेनी कसूरअनुसार रु एकदेखि चार लाख धरौटी बुझाएर छुटेका हुन् । सो कसुरमा फरार लेखापढी गर्ने राजाराम थापाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उक्त सङ्गठित ठगी अपराधमा रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्ले मुख्य योजनाकार रहेका प्रहरीले जनाएको छ । काफ्ले र खड्का यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । अपराध दोहोर्याएको कसूर प्रमाणित भए उनीहरुलाई थप सजाय हुने कानूनी व्यवस्था छ ।
गिरोहले टाढा रहेका महिलाको बिक्रीमा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्ने गरेको खुलेको छ । त्यसरी कीर्ते गर्दा अनुहार मिल्दोजुल्दो मान्छे खोजेर काम गर्ने गरेको पाइएको छ । जग्गा बिक्रीको रकम काल्पनिक नागरिकता बनाइ बैँकमा खाता खोलेर त्यसमा जम्मा गर्ने गरेका प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: