भक्तपुर । दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ ।
फागुन २३ गतेबाट शुरु हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यहाँका चारवटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर उक्त सङ्ख्यामा ज्येष्ठ नागरिकलाई खोप दिने भएको उनको भनाइ छ ।
भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०÷१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११÷११ गरि कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ । फागुन २३ गतेबाट नौ दिन भित्रमा भक्तपुरमा १२ हजार ८०२, मध्यपुरमा १२ हजार ८५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९३३ गरी कूल ४६ हजार ६८० जनालाई खोप लगाइने प्रमुख मिजारले जानकारी दिए । त्यसबाहेक पहिलो चरणको खोप अभियानमा छुटेकाहरुलाई पनि दोश्रो चरणको अभियानमा खोप लगाइने लक्ष्य लिएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालीम प्राप्त एक खोपकर्ता र तीन स्वास्थ्यकर्मी खटाइने भएको छ । दोश्रो चरणको खोपअभियानमा कूल ४२८ स्वास्थ्यकर्मी, एक हजार २८४ स्वयंसेवक परिचालन गरिने भएको छ । खोप अभियान सफल पार्न वडास्तरीयदेखि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ भने खोप केन्द्रको सुपरीवेक्षण र अनुगमन गरिने भएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले खोप लगाउँदा कसैलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उपचारका लागि आइसीयुसहितको उपचार व्यवस्था गरिएको बताए । पहिलो चरणको खोप अभियानमा खासै स्वास्थयमा जटिल समस्या नआएपनि पूर्वतयारी भने गरिरहेको उनको भनाइ छ । खोप लगाएको केही घण्टापछि ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भएपनि यस्ता लक्षण एक दुई दिनमै आफै निको हुने र आवश्यकता परे सिटामोल खान सकिने प्रमुख मिजारको भनाइ छ ।
अभियानअन्र्तगत पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने व्यक्ति, एम्बुलेन्स चालक, सरकारी, स्थानीय तह तथा संस्थानका कर्मचारी, जनपद एवं सशस्त्र प्रहरी, जनप्रतिनिधि, पत्रकार र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई खोप लगाइएको थियो ।
पहिलो चरणमा जिल्लामा ५ हजार ७९३ जनालाई खोप लगाइएको थियो भने भक्तपुरमा अहिलेसम्म नौ हजार ६ सयलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: