Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रसुवागढी नाकाबाट व्यापारिक कारोवार आजबाट पुनः शुरू

धुन्चे । ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।

रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोसाकजस्ता मालवस्तु आयात भएका र ती सामग्री छिटो भन्दा छिटो काठमाडौँ पठाउन जाँच परीक्षण कार्यलाई समेत तीव्रता दिइएको छ ।

नेपालीको दशैँ जस्तै चीनको तिब्बतमा वर्षको एक पटक कम्तीमा तीन हप्ता मनाइने ल्होसार मान्न सबै कामदार घर घरमा जाने भएका कारण बन्द भएको व्यापारिक कारोबार अबका दिनमा निरन्तर हुने भन्सार कार्यालयले जनाएको छ । सामग्री परीक्षणका लागि कार्यालयले यथेष्ट जनशक्ति परिचालन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

गत तीन महिना अगाडिदेखि रसुवामा कोरोनाको सङ्क्रमण शून्यमा झरिसकेको र कोरोनाविरुद्धको खोपसमेत लगाउन शुरू भई सबै नागरिक भयरहित वातावरणतर्फ फर्किसकेकाले जिविकोपार्जनका लागि गर्दै आएका पेशा वा व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सुझाव दिएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए ।

रसुवागढी नाका क्षेत्रमा काम गर्ने भन्सार, अध्यागमन कार्यालयका कर्मचारी, मजदूर तथा ढुवानीका सवारी साधन चलाउने चालकसमेतलाई एक महिना अगाडि नै कोरोनाविरूद्धको भ्याक्सिन लगाइ सकिएको बताउँदै प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा अब कोरोनाको आशङ्का नगर्न सबै पक्षसँग आग्रह गरिएको बताए ।

कोरोना सङ्क्रमणको जटिल समस्या आई देश लकडाउन भएका बेलादेखि हालसम्म चिनियाँ भूभागमा रोकिएका सवारी साधन १८ वटा मात्र भएको पाइएको र ती सवारी साधन लिन जान चाहने सवारीधनीलाई आफ्नो संस्थाको तर्फबाट पहल गरिने रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending