Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

विप्लव र सरकारबिचको समझदारीमा को छन् पर्दा पछाडीका खेलाडी

काठमाडौं । राजनीतिक एजेण्डामा प्रवेश नै नगरी प्रतिबन्ध र कार्वाही फुकवा गर्न सफल विप्लव समूहले समर्पण गरेको भन्दै कतिपयले आलोचना गरेका छन् ।

तर रणनैतिक संयुक्त मोर्चामार्फत नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको विप्लवको यो रणनीतिक विजय भएको अर्थमा समेत पछिल्लो सहमतिलाई लिइएको छ ।
सामान्यतः विद्रोही पक्ष र सत्तापक्षबीच सहमति हुँदा राजनीतिक एजेण्डामा नै सहमति भएको हुन्छ । तर सरकार र विप्लवबीच भएको सहमतिमा रणनीतिक संयुक्त मोर्चाले अघि सारेका मान्यताहरुका बारेमा छलफल भएको छैन । अहिलेको सहमति हेर्दा विप्लवका कार्यकर्ता रिहाई र प्रतिबन्ध फुकुवामा सरकार सहमत भएको छ । सशस्त्र क्रान्तिको घोषणा नै नगरेको पक्षलाई सरकारले प्रतिबन्ध लगाएको छ र त्यही सरकारले बिना शर्त प्रतिबन्ध फुकुवा गरेको छ । साथै प्रतिबन्धको अवधिमा गिरफ्तार गरेका नेता रिहाई गर्ने सहमति सरकारले गरेको छ ।

सरकारसँग वार्ताका क्रममा चन्द समूहले संविधान संशोधन गरी ‘समाजवादउन्मुख’ भन्ने प्रावधानको सट्टा ‘वैज्ञानिक समाजवाद’ राख्नुपर्ने सर्त राखेको थियो । तर यसलाई सहमतिबाट सर्वपक्षीय छलफलमा राख्ने र यो एजेन्डा चन्द समूहले जनतामा लैजाने समझदारी बनेको बुझिएको छ । । तर यसलाई सहमतिपत्रमा यो उल्लेख नहुन पनि सक्छ । रणनीतिक संयुक्त मोर्चाको मार्फत राष्ट्रिय सरकार, संविधान संशोधन र सर्वपक्षीय समिक्षा सभाको एजेन्डा पनि चन्द समूहले जनतामाझ लाने भएको छ ।
जघन्य अपराधमा मुछिएकाको हकमा ‘आवश्यक प्रक्रियाबाट’ मुद्दा फिर्ताको प्रयास गर्न दुवै पक्ष सहमत भएका छन् ।

वार्ताका क्रममा सरकारले विप्लवसँग हतियार बुझाउनुपर्ने शर्त राखेको थियो । तर विप्लवले भने यो विषयमा समेत अडान राख्दै तत्काल औपचारिकरुपमा हतियार नबुझाउने सहमति गर्न सफल भयो । कान्तिपुरका अनुसार, यसलाई आन्तरिक रूपमै व्यवस्थापन गर्ने सहमति भएको छ । सरकारी पक्षले असहमति जनाएपछि केही हतियार रहे पनि त्यसलाई सुरक्षित रूपमा जिम्मेवार नेताको जिम्मामा कोठामा भण्डारण गर्न चन्द समूहले मौखिक सहमति जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले डेढ वर्षअघि प्रतिनिधिसभामा बोल्दै चन्द समूहसँग जनमुक्ति सेनाका चारवटा कम्पनी रहेको सूचना आफूसँग भएको जानकारी दिएका थिए । ‘संविधान र कानुनले वर्जित गरेकाबाहेक सबै राजनीतिक विचार र एजेन्डा जनतासम्म लैजान र शान्तिपूर्ण गतिविधि गर्न चन्द समूहको लिखित प्रतिबद्धतापछि सरकारले प्रतिबन्ध फुकुवा गरेको हो,’ बालुवाटार स्रोतले कान्तिपुरसँग भन्यो, ‘प्रतिबन्धयताको अवधिमा लागेका राजनीतिक मुद्दा फिर्ता र हिरासत एवं थुनामा रहेका नेता–कार्यकर्ता रिहाइमा पनि सरकारले सहमतिपत्रमा हस्ताक्षर भएबाटै काम थाल्नेछ ।’

प्रतिबन्धपछि प्रहरीले चन्द समूहका करिब २ हजार १ सय नेतारकार्यकर्तालाई पक्राउ गरेकामा १ हजार ८ सय जनाभन्दा बढी अदालत र प्रशासनको आदेशमा छुटेका छन् । हाल विभिन्न कारागारमा पुर्पक्षका क्रममा १ सय ३३ र प्रहरी अनुसन्धानमा ३ जना नेतारकार्यकर्ता छन् । प्रहरीले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि एम–१६, एलएमजी, एसएमजी, एसएलआरलगायतका शक्तिशाली हतियार बरामद गरेको थियो । वार्तामा भने चन्द समूहले आफूहरूसँग हतियार नभएको जिकिर गरेको थियो ।

विप्लव यो अवस्थमा आइपुग्नुका पछाडि रणनीतिक संयुक्त मोर्चाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । केही समयअघि मात्रै विप्लव, वैद्य, आहुती र ऋषि कट्टेल नेतृत्वका कम्युनिष्ट पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माणको सहमति भएको थियो । यो मोर्चाले विगत भन्दा फरक ढंगले कार्यदिशाको हकमा छलफलमार्फत टुंगो पुग्ने तर मूलतः क्रान्तिकारी वैज्ञानिक समाजवादका पक्षमा अघि बढ्ने निर्णय गरेको थियो । तत्कालिन संकटको समाधानको रुपमा समिक्षा सभा, वैज्ञानिक समाजवाद कि पूँजिवादका पक्षमा जनमत संग्रह, जनगणतन्त्र र समाजवादलाई कार्यदिशाका रुपमा अघि सारेको थियो ।

रणनीतिक संयुक्त मोर्चालाई व्यवस्थितरुपा अघि बढाउन विप्लव समूह शान्तिपूर्ण किसिमले गतिविधि गर्न पाउनु अनिवार्यजस्तै थियो । किनभने यो बीचमा समेत मोर्चाका कार्यक्रममा सहभागी विप्लवका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

त्यसैले पनि वैद्य र आहुतीहरुले शान्तिपूर्ण राजनीतिको वातावरण बनाउन विप्लवसँग छलफल गरेको बुझ्न सकिन्छ । शान्तिपूर्ण राजनीतिमा आउनुको अर्थ संसदीय प्रणाली नै स्वीकार्नुपर्छ भन्ने होइन भन्ने मान्यता वैद्य र आहुतीले राखेको हुनसक्छ ।

तर केप ओलीको सरकारसँग वार्ता गर्ने कि नगर्ने र उसलाई यो कुराको जस दिने कि नदिने भन्नेमा भने विप्लव र मोर्चाभित्रै विवाद कायमै छ । खासगरी जुन शक्तिले विप्लवलाई अराजनीतिक भन्दै प्रतिबन्ध लगायो, जुन सरकार जनतामा आलोचित छ त्यसलाई थप वैधानिकता दिने, अग्रगामी हैन, पश्चगामी विचार राख्ने शक्तिसँग विप्लवले वार्ता गर्न नहुने मत बलियो रहेको थियो । तर केपी रक्षात्मक भएको अवस्थामा यो विप्लवका लागि मौका छोप्ने अवसर थियो र उनले उपयोग गरे ।
यो समग्रतामा केपी ओलीले मनावैज्ञानिकरुपमा जीत हासिल गरेको ठानेपनि मूलतः अहिले विप्वलहरुले नै एक फडको मारेका छन् । र, रणनीतिक संयुक्त मोर्चाले सफलता पाएको छ । एजेण्डा र कार्यक्रम तथा वैचारिकरुपमा हेर्दा यो मोर्चा र प्रचण्डहरुबीच भोलीका दिनमा समाजवादी क्रान्तिको कार्यदिशा र त्यसअनुरुपको रणनीतिका बारेमा सहकार्य हुने सम्भावना समेत बढेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies