काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताए ।
उनले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिनेसमेत स्पष्ट पारे । “मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरुसँग आवश्यकताको माग गरिएको छ । त्यसका आधारमा प्रबन्ध गरिनेछ”, उनले भने ।
मन्त्री अर्यालले दीर्घकालीनरूपमै मलको समस्या समाधान गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । उनले रासायनिक मलको कारखाना खोल्नका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताए । “अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयका सचिवलाई कारखाना उद्योग खोल्नका लागि कार्ययोजना तयार गर्न भनेका छौँ”, उनले भने, “कार्ययोजना प्रस्तुत गरेपछि मन्त्रिपरिष्दमा उद्योग खोल्नका लागि प्रस्ताव लगिने छ ।”
चालु आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल (युरिया मल दुई लाख ८२ हजार ५००, डिएपी दुई लाख दुई हजार ५०० र पोटास १५ हजार) आयात गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । सोमध्ये चालु आवमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको तथा एक लाख ६२ हजार मेट्रिक टन मौज्दात र दुई लाख ६९ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा छ ।मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो ।
मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले भदौ–असोजमा मल ल्याउन थालिए पनि ढिला भएकाले अब आउने मल किसानका लागि पर्याप्त हुने बताए । उनका अनुसार रासायनिक मात्र नभएर प्राङ्गारिक मललाई पनि सरकारले प्राथमिकतामा राखेको छ । उनले सबै पालिकामा ‘भकारो सुधार’ कार्यक्रमलाई पुनः सञ्चालन गरेर प्राङ्गारिक मल उत्पादन गरिने बताए ।
मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले दुई लाख मेट्रिक टन मल आगामी धान यामका लागि मौज्दात रहेको बताए । उनका अनुसार पाँच/सात वर्षसम्म आपूर्ति गर्नका लागि सरकारले सरकारबाट सरकार (जिटुजी) का माध्यमबाट मल खरीद गर्ने तयारी गरेको छ । उनका अनुसार पछिल्ला तीन वर्षको बिक्रीका आधारमा साउनदेखि असोजसम्म एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ जुन यस आवकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ । आगामी आवको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिकमा करीब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनादेखि आयात प्रक्रिया शुरु गरिने उहाँले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: